आज बिहान पराकम्प महसुस

इनेप्लिज २०७२ असार १४ गते ४:२७ मा प्रकाशित

vukampaकाठमाडौँ, १४ असार । आज बिहान ५ः४२ मिनेट जाँदा ५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापलाई केन्द्रबिन्दु बनाएर पराकम्प आएको हो । आइतबार राति १०ः०१ मिनेट जाँदा पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको धक्का महसुस भएको थियो । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै जारी छ ।

प्रतिक्रिया