महायज्ञमा करिब एक करोड सङ्कलन

इनेप्लिज २०७२ असार १३ गते ९:१२ मा प्रकाशित

बुटवल (खस्यौली), १३ असार । मोक्षधाम सेवा आश्रमले रुपन्देहीलाई पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना निर्माणार्थ आर्थिक सङ्कलनका लागि गत वैशाखमा बुटवलमा गरेको महायज्ञमा करिब रु एक करोड दान सङ्कलन गरेको छ ।

गत वैशाखको ९ देखि १९ गतेसम्म बुटवलमा सञ्चालन गरिएको महायज्ञबाट मुलुकमा आइपरेको विपत्तिका बीच पनि रु ९७ लाख तीन हजार ८५३ सङ्कलन भएको शनिबार बुटवलमा आयव्यय सार्वजनिक गर्दै मोक्षधाम धार्मिक महोत्सवका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

महायज्ञ सम्पन्न गर्नका लागि सो अवधिमा रु ३० लाख १२ हजार ६३६ खर्च भएको र खर्च कटाएर रु ६६ लाख ९१ हजार २१७ बचत भएको उहाँले बताउनु भयो ।

गत वैशाखमा बुटवलमा सम्पन्न भएको महायज्ञको शेषबाट आश्रमको परिकल्पनाअनुसार पशुपतिनाथ मन्दिर निर्माण गर्दा बुटवलको महायज्ञको शेषबाट निर्मित शिलालेखमा लेख्न तथा शिवलिङ्ग दान गरेका व्यक्तिको शिलालेखमा तीनपुस्ते नामावलीसहित २०७३ असार मसान्तसम्ममा तयार गर्न पनि सो समितिले धाम सञ्चालक समितिलाई आग्रह गर्दै महायज्ञ आयोजक मूल समिति विघटन गरिएको छ ।

प्रतिक्रिया