अमेरिकामा पिडुला फर्किदा पनि किन उभिएर काम गरिन्छ l

इनेप्लिज २०७२ असार १३ गते ३:२८ मा प्रकाशित

bijay 1

अमेरिकाका अधिकांश काम गर्ने ठाउँमा उभिएर काम गर्न लगाईन्छ l उभिएर नै काम गर्नु पर्ने अनिवार्य हुन्छ l उभिएर काम गर्दा ज्यान नै जाला जस्तो हुन्छ l पिडुला दुखेर थुचुकै बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्छ l कैयौ पटक आफ्ना बाबु ,बाजे ,बराजु र मामाले पनि कहिले नगरेको काम ,कुन जन्मको पाप लिएर आईएछ भन्ने जस्तो सोचाई पनि जान्छ l काम गर्दा पिडुला धेरैको फर्के जस्तो पनि हुन्छ l

बानि नपरेका ,बाबु आमाले सबै चिज पुर्याएर घर धानेका ,राजनीति गरेर जिविको पार्जन गरेका र जन्मदै सुनको चम्चाले देहरादुने चामलको भात खाने नेपालीहरुलाई उभिएर काम गर्नु पर्दा आच्छु आच्छु परेको छ अमेरिकामा l उनीहरुलाई निल्नु नओकल्नु भएको छ l

अल्छि प्रवृतिका नेपालीहरु कामको बोझले गयल हुने गरेको पनि कैयौ घटनाहरु अमेरिकामा बन्न पुगेको छ l ६५ बर्ष नपुग्न्जेल र घरको किस्ता नसकुन्जेल यहि रित र यहि गतिमा काम नगरे मुखमा माड लगाउन हम्मे हम्मे हुन्छ l अमेरिकामा काम दिने मालिकसंग ब्यबसायिक सम्बन्ध बाहेक अन्य केहि सम्बन्ध हुदैन l यिनीहरु नत ससुराली पट्टिका हुन् नत आमाका दाजुभाई मामा नै हुन् l

अमेरिकामा तल्लो र मध्यम स्तरका कामदार मात्र उभिएर काम गर्छन भन्ने मात्र हैन l कामको प्रवृति नै उभिएर गर्ने बनाईएको हुन्छ l त्यसो त बसेर काम गर्ने चै ठुला पदका कामदार हुन् त भन्ने सोचाई पनि जान सक्दछ ? अमेरिकाका कैयौ ठुला काममा पनि उभिएर नै काम गर्ने व्यवस्था गरिएको हुन्छ l त्यसको पछाडी पनि कारण तथा रहस्य छ l

किन अधिकांस नेपालीले उभिएर काम गर्ने गर्छन त ? किन उनीहरु पढे लेखेका हुदैनन या पढेर पनि नेपाली भएको कारण उभिएर काम गर्नु परेको हो ? बिल्कुलै हैन ? किन अन्य देशका नागरिकले त्यसो गर्नु पर्दैन ? उभिएर र बसेर काम गर्दा आकाश र जमिनको फरक पर्ने अनुसन्धानले देखाएको छ l उठेर काम गर्दा बसेर गरेको काम भन्दा निकै उत्पादकमुलक हुन्छ l

धेरै बर्षको अनुसन्धान र स्वास्थ्यको दृष्टिले मानिसलाई बसेर भन्दा उठेर काम गर्दा अनेकौ लाभ हुने अनुसन्धानकर्ताले अनुसन्धान गरेका छन् l उभिएर काम गर्नेको तुलनामा बर्षौ सम्म बसेर काम गर्ने कामदारलाई मोटोपन ,मधुमेह तथा अबुर्द रोग तथा अन्य रोगले छिटो च्याप्ने अनुसन्धानले प्रमाणित गरेको छ l जो कर्मचारी दिनमा औसत रुपमा ५ घण्टा ४१ मिनेट बसेर काम गर्ने गर्छ भने उसलाई “सिटिंग इज दि न्यु स्मोकिंग ” भन्ने व्यंग संग जोडिने गरिन्छ l

चिकित्सा शास्त्रको ल्यान्सेटले गरेको अनुसन्धानमा भनेको छ एउटा यात्री बाहक गाडीमा पैसा उठाउने “खजाञ्चि ” लाई हृदयघात हुने सम्भावना चालकको तुलनामा आधा कम हुन्छ किनभने चालक बसेर मात्र गाडी कुदाई रहन्छ तर शरीर शिथिल भै रहेको हुन्छ तर “खजाञ्चि ” भने क्रियाशील भै रहेकोले उ दिर्घ जीवि हुन्छ भनेको छ l

१९५३ मै अनुसन्धानकर्ताले उभिएर काम गर्दा ढाडलाई अत्यन्तै फाईदा हुन्छ भनि पत्ता लगाएका थिए l उभिएर काम गर्दा समग्रमा ५ फाईदाहरु अनुसन्धान कर्ताले पत्ता लगाएको अमेरिकामा उभिएर काम गर्ने चलन चल्तीमा छ l

उभिएर काम गर्दा सबै भन्दा फाईदा मोटोपन निर्मुल हुने ,मोटो र भद्धाको जोखिम कम हुने हुन्छ भनेको छ l एक अनुसन्धान अनुसार बसेर काम गर्ने मानिसको वजन घट्ने सम्भावना कम हुने देखाएको छ l यसै गरि उभिएर काम गर्ने मानिसलाई मधुमेह हुने सम्भावना कम हुन्छ तर बसेर काम गर्ने गर्ने लाई मधुमेह २ हुने सम्भावना देखाएको छ l यसै गरि उभिएर काम गर्ने मानिसलाई मुटु रोगले च्याप्ने सम्भावना कम हुने हुन्छ भने बसेर काम गर्ने मानिसलाई मुटु सम्बन्धि रोग लाग्ने बढी सम्भावना रहेको पत्ता लगाएको छ l

उभिएर काम गर्ने मानिसलाई अबुर्द रोग (क्यान्सर )लाग्ने सम्भावना कम हुने हुन्छ भने बसेर काम गर्नेलाई अबुर्दरोग लाग्ने ज्यादा सम्भावना हुन्छ l अमेरिकामा एक अनुसन्धानले जनाए अनुसार बसेर काम गर्नेहरुमा ३२ हजार २ सयमा कलेजोको क्यान्सर ,३० हजार ६ सय लाई प्रोस्टेट (पुरस्थ ग्रंथि )क्यान्सर तथा १२ हजारलाई (इन्डोमेट्रिएल) अन्तर्गर्भाशयकला अबुर्दरोग ज्यादा भएको पत्ता लगाएको छ l

यसै गरि उभिएर काम गर्ने मानिसको मृत्यु दरको सम्भावना कम हुन्छ भने २०१० मा अस्ट्रेलियामा गरिएको अनुसन्धान अनुसार १ घण्टा अतिरिक्त बसेर काम गर्ने मानिसको मृत्य दर ११ प्रतिसतले वृद्धि भएको पाइएको छ l यसै गरि कम्तिमा ३ घण्टा बसेर काम गर्ने अमेरिकनहरुको आयु २ बर्षले घटने जनाएको छ l

एर्नेस्ट हेमिङ्ग्वे ,लियो नार्ड़ो दि भिन्सी तथा विन्स्टन चर्चिल पनि उभिएर नै काम गर्थे भने किनभने उनीहरुलाई त्यसको रहस्य थाहा थियो l हर्भार्डले ९२ हजार महिला मध्यॆ बसेर काम गर्ने ,चालकहरु तथा घरमा दुरदर्शन (टिभी )हेरेर बस्नेहरुलाई मुटुको रोग ,क्यान्सर तथा हृदयघातको जोखिम हुने ज्यादा सम्भावना देखाएको छ l बसेर भन्दा उभिएर काम गर्दा थुप्रै फाईदा भएकोले अमेरिकामा प्राय उभिएर काम गरिन्छ l उभिएर छिटो र छरितो हुनाले अमेरिकामा पिडुला फर्किदा पनि उभिएर नै काम गरिन्छ l

…………………………………………………….. अस्तु

प्रतिक्रिया