अनेसासबाट वरिष्ठ स्रष्टाहरु मोहन सिटौला र किम ह्याङ्ग ह्योन सम्मानित

इनेप्लिज २०७२ असार १२ गते १२:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिजो २०७२ असार ११ गते वरिष्ठ स्रष्टा मोहन सिटौला (अमेरिका) लाई नेपाली साहित्यमा पुर्याएको योगदानवापत अभिनन्दन समारोहको आयोजना गर्यो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्द्यक्ष सिटौलालाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले मिडिया इन्टरनेसनलमा आयोजित विशेष साहित्यिक समारोहमा अभिनन्दित गर्नु भएको हो |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्द्यक्ष राधेश्याम लेकालीको अध्द्यक्षतामा आयोजित सोहि समारोहमा नेपाली साहित्यलाई अन्तरार्ष्ट्रियकरण गर्नमा योगदान पुर्याएवापत कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योनलाइ पनि सम्मानित गरिएको थियो | यसैगरी अनेसासका उपाध्द्यक्ष साहित्यकार प्रकाश पौडेल माइला (जापान) र नियात्राकार एवं संचारकर्मी मंजु गुरुङ (कोरिया) लाई मायाको चिनोसहित स्वागत सम्मान गरिएको थियो |

कार्यक्रममा स्रष्टा मोहन सिटौलाका ” आवाजका जुलुस र नयाँ विश्व” तथा “THE NEW BREATHS” कृतिहरुको पनि लोकार्पण गरिएको थियो | दुवै कृतिहरुमाथि प्रा.डा. अमरराज जोशी र प्रा.डा. देवी गौत्तमले समिक्षा गर्नु भएको थियो | कार्यक्रममा वरिष्ठ संगीतकार प्रदीप बमजनले दुइवटा गीत गाउनु भएको थियो |

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले अमेरिकाको सस्थाबाट “कवि राजदूत” को उपाधि पाएकोमा अभिनन्दित स्रष्टा मोहन सिटौलालाई बधाई ज्ञापन गर्दै अनेसासको गतिविधिको प्रसंशा गर्नु भयो | कार्यक्रममा अभिनन्दित स्रष्टा मोहन सिटौला, सम्मानित कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योन, साहित्यकार प्रकाश पौडेल माइला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्द्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष रामबाबु सुबेदी, कार्यसमिति सदस्य गीता कार्की आदिले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो |

प्रतिक्रिया