अमेरिकाको चित्रकला प्रतियोगितामा नेपाली चित्रकार केसीलाई दोश्रो स्थान हासिल

इनेप्लिज २०७२ असार १२ गते १:०२ मा प्रकाशित

raj 9अमेरिकाको डिसी महानगर क्षेत्रको फल्स चर्च शहरमा गत हप्ता भएको चित्रकला प्रतियोगितामा नेपाली मुलका चित्रकार राजेन्द्र केसीले दोश्रो स्थान हासिल गर्न सफल भएका छन्

काठमाडौँ जावलाखेल घर भै सपरिवार अमेरिका ७ बर्ष अगाडी आएका केसीले आफ्नो पेशालाई अमेरिकामा पनि निरन्तरता दिदै आएका छन् l उक्त प्रतिस्पर्धामा द्वितीय भएकोले केसीले नगद तथा पुरस्कार समेत प्राप्त गरेका छन् l प्लेइन एयर आर्ट प्रतिस्पर्धाको छैठौ बार्षिक उत्सवमा डिसी नजदिक रहेको फल्स चर्चमा उक्त प्रतियोगिता भएको थियो l

उक्त चित्रकला प्रतियोगितामा निर्णायकले प्रदर्शनमा सहभागी भएका उत्कृष्ट चित्रलाई छनौट गरे पछि उपस्थित रहेका दर्शक बाट मतदानबाट केसी दोश्रो स्थान हासिल भएका हुन् l केसी तेल रगं तथा जल रंग बनाउछन भने २००९ देखि नै निरन्तर पुरस्कृत भै रहेको बताएका छन् l प्रारम्भिक चरणमा नेपाल बाट अमेरिका आउदा आफु भित्र भएको श्रीजनालाई पस्कन नपाउदा उकुस मुकुस भएको बताउदै अमेरिकाका स्थानीय कलाकार हरु संग हातेमालो गरे पछि आफु यसरि अगाडी बढ्न सजिलो भएको बताए l

raj 14नेपाली चित्रकारहरु बिदेशी नागरिक अमेरिकनहरूको तुलनामा कुनै कम छैनन भन्दै नेपाली कलाकारहरुले गरेको श्रीजना विश्व मै उच्च गनिन्छ केसीले भने l

सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा केवल चित्रकलालाई मात्र पेशा बनाउन नसकिएको यथार्थता बताउदै ग्रीष्म ऋतु र वसन्त ऋतुमा अलिक कमाई हुने बताए l

raj 15 raj 13 raj 11 raj 10 raj 8 raj 2 raj 4 raj 6 raj 7 raj 5

प्रतिक्रिया