एनआरएन अमेरिकाको विवादको समाधान हेतु अध्यक्ष पदका उम्मेदवारबाट वार्ता टोलि गठन

इनेप्लिज २०७२ असार ११ गते २:०४ मा प्रकाशित

एनआरएन अमेरिकाको निर्वाचन परिणाम विवाद बिषयलाई टुंगो लगाउने हेतुले अध्यक्ष पदका उम्मेदवारबाट वार्ता टोलि गठन गरेको छ l एनआरएन अमेरिकाका कार्यकारी समितिका अध्यक्ष केसव पौडेललाई सम्बोधन गर्दै वार्ता टोलिले निर्वाचन परिणामको बिषयलाई समाधान गर्ने हेतुले वार्ता टोलि बनाइएकोमा धन्यवाद दिएको छ l

यी मुद्धाहरु कार्यकारी समिति तथा निर्वाचन आयोगले सयुक्त रुपमा सम्बोधन गर्नु पर्ने कुरामा जोड दिएका छन् भने दुवै पक्षले हाम्रो वास्तविक मागँलाई उपेक्षित गरेकोमा खेद प्रकट गरेको छ l

उक्त पत्रमा यी दुवै समितिले आफ्नो कार्यको उत्तरदायित्व लिन नचाहेको लागेको कुरा उठाएको छ l वर्तमान अवस्थामा जे जस्तो भए पनि हामी समितिसंग वार्तामा बस्न चाहन्छौ l अनौपचारिक वार्ताको माध्यमबाट कुरा अगाडी बढाउन चाहन्छौ भनि पत्राचार गरेको छ l

र ,यसको साथै वार्ता टोलीले यस्ता कार्यसुची राखेका छन् l

१ . दुवै पक्ष निर्वाचन परिणामको घोषणालाई बिस्तृत रुपमा ल्याउने कुरामा सहमति हुने छन् l कुनै पनि सदस्यका गोप्य अभिलेखलाई खतरा मुक्त बनाई निर्वाचन परिणामका बिषयमा केन्द्रित हुने छौ l

२. एनआरएन एनसीसी आइसीसीको मार्ग दर्शन अनुसार पालना गर्ने सहमति हुने छ l यो निर्वाचन परिणाम घोषणा स्वत अमान्य घोषित गर्न सहमति हुने छ l यस बिषयमा शृंखलाबद्ध रुपमा निश्चित न्यायोचित अनुसन्धान गरिने छ l

यसको साथै वार्ता टोलिमा गणेश कुँवर , श्री पराजुली ,रमा सिंह तथा रबिन बज्राचार्य रहेका जानकारी गराएका छन् l

प्रतिक्रिया