नारी दिवस किन?

इनेप्लिज २०७२ असार १० गते ४:१५ मा प्रकाशित

Laxmi Kharelविश्व जगतमा मार्च ८ लाई अन्तरराष्ट्रिय नारी दिवसको रुपमा हरेक बर्ष विभिन्न नारी जागरण कार्यक्रमहरुको आयोजना गरि धुनधामका साथ मनाईन्छ। आधा अकाश ढाकेको नारीहरुको सम्मानमा त्यस्तै उनीहरुको हक, हित र अधिकारको सुनिश्चित गर्न यो दिवस मनाईन्छ। १०४ बर्ष भन्दा पहिला विश्वको कुनै पनि समाजमा नारीको कुनै अस्तित्व थिएन। मानव अधिकारको नाममा मतदान गर्न समेत अधिकार थिएन न्युजीलैण्ड र बेलायत दुई देशमा बाहेक नारीहरुलाई। अहिले आएर विश्वको केहि देश बाहेक सबै देशहरुमा यो अधिकार प्राप्त छ।

त्यस्तै, नारी भएकै कारण बराबार काम गरेर पनि परिश्रमी पुरुषको तुलनामा धेरै कम हुन्थ्यो। यसमा पनि धेरै समानता आईसकेको छ। त्यसैले जब सम्म नारीहरुले आफुमा परेको अन्यायको बिरोध गर्दै आफ्नो हक अधिकारको लागि आवाज उठाउदैंन तब सम्म समाजमा परिबर्तन आउदैन। नारी र पुरुष एक अर्काको परिपुरक वा रथका दुई पाँग्रा हुन् भने अवशर र अधिकार पनि बाराबारी हुनु पर्छ भन्ने नारी दिवसको आवाज हो।

यस दिवसले नारीहरुलाई आफ्नो हक, हित र अधिकारप्रति सचेत गराउनुको साथै घर, परिबारबाट हेपिएका वा जात, लिङ्ग, धर्मका नाममा गरिने असमान ब्यबहारबाट पिडित नारीहरुको आबाजहरुलाई बाहिर निकाल्न हौसला साथै मौका दिन्छन जसले गर्दा बिभिन्न संचार माध्यम द्वारा संसार भरि उनीहरुको बिचार र आवाज पुग्छन। यसो गर्दा सबैले कहाँ के भई रहेको भन्ने थाहा पाँउछन र समाजमा जचेतना जगाउदै एक अर्कालाई सहयोग गर्न सजिलो हुँन्छ।

पुरुष सरह अबसर पाएका सफल महिलाहरुको बारेमा यस्ता कार्यक्रममा जानकारि दिने, नारी सफलताका कथाहरु सुनाइने पनि गरिन्छ जस्ले गर्दा आफु केहि गर्न सक्दिन भनेर दबिएर बसेका नारी हरुको मनोबल बढ्छ। अरु नारीले गर्न सक्छन भने म पनि गर्न सक्छु भनेर आत्मबल बढ्छ। जसले गर्दा नारीलाई कमजोर दृष्टिले हेर्ने समाजको आँखामा नारी कमजोर छैन भन्ने संदेश दिन्छ। जब नारीमा आफ्नो हक, अधिकारको बारेमा ज्ञान हुन्छ तब एउटा घरमा मालिक र दासी नभई जीवनसाथि हुन्छ। अनि त्यस घरमा सच्च प्रेमको बास हुन्छ जहाँ सच्च प्रेम हुन्छ त्यो घर स्वर्ग सरह हुन्छ। असल परिवारहरु मिलेर नै सुन्दर समाजको निर्माण हुन्छ। त्यसैले नारी दिवस मनाउ सुन्दर समाज बनाऔ।

प्रतिक्रिया