अमेरिकामा फुकेनाश भन्दा सुकेनाश ज्यानको ज्यादा माँग

इनेप्लिज २०७२ असार १० गते २:१५ मा प्रकाशित

bijay-2

बिश्वमा सबै भन्दा ज्यादा मोटा मानिस अमेरिकाका नागरिक हुन् l कैयौ बर्ष देखि अमेरिका मोटोपन (ओबेसिटी)मा शिर्ष स्थानमा छ l अन्य देशले पछ्याउने क्रम जारि भएता पनि अझ पनि चुचुरोमा नै छ l

अमेरिका भर अत्यन्तै फुकेनास (मोटाई भएका ) मानिस भेटिन्छन l मोटो ,डोलो ,भ्वाकभुक्क ,प्वाक्क पुक्क ,शरीर फुकेको र ज्यान ,ज्यान नै भएको हुन्छ l ठुला दारका र हड्डी नै ठुलो हुन्छ l एक मुड्की हाने भने माइक टाईसनले मुक्का प्रहार गरेको जस्तो ठाउं को ठाउं नै बसाउने l भिम जस्ता बलिया फुकेनाश हुन्छन l एक क्विन्टल भन्दा ज्यादा त केहि पनि हैन त्यो सामान्य हुन्छन l हामी नेपालीहरुको तुलनामा अस्वाभाविक अग्ला र फुकेनास हुन्छन l आफ्नो उमेर या उचाई भन्दा निकै ज्यादा वजन भयो भने त्यो फुकेनाश हुन्छ l शरीर भद्धा र गणेश भगवानको जस्तो भुडी या नेपालमा मारवाडी समुदाय गद्धीमा बसी पेट ठुलो भएको मानिस फुकेनाश कहलिन्छ l

तर अफ्रिकी तथा भोकमरी हुने राष्ट्रहरुमा कुपोषणको कारण मानिसको ज्यान सुकेनाश हुन्छ l त्यस्ता मुलुकमा अधिकांश बालबालिका तथा मानिसहरु मरण च्यासे देखिन्छ l केवल पौष्टिक आहारा तथा अन्य चिजको कारणले शरीर सुकेनाश भएको हुन्छ l आफ्नो उचाई र उमेर भन्दा निकै कम तौल भए सुकेनाश हुन्छन l

अहिले अमेरिकामा कुरा अर्कै हुन्छ l फुकेनास भएको शरीर र देह छ भने कसैले भाउ दिदैन l कसैले वास्ता गर्दैन किनभने जताततै फुकेनाश मानिसहरुको भिड मात्र देखिन्छ l फुकेनाशलाई गनेर नै साध्यै हुदैन l जता हेर्यो उतै फुकेनास l उनीहरुको बजार भाउ कम भएको हुन्छ l असाधारण रुपमा ज्यान ठुलो भएको मानिस देख्दा मानिसले फर्केर हेर्न पनि सक्छन l तर वास्ता नै गर्ने चलन छैन l पुरुषको दाजोमा महिला अझ फुकेनाश देखिन्छन र हुन्छन l ड्याम्म डुम्म् l भीमकाय तथा पह्लावन जस्तै l अमेरिकामा मोटोपनले ज्यादै बितृष्णा पैदा गरेको छ l अमेरिकामा मोटाईको कारण जीवन गम्भीर समस्यामा परेको छ l

अहिलेको युगमा जो सुकै पनि आफ्नो शरीर ,देह तथा ज्यान राम्रो बनाउन ईक्षा राख्दछन l पुरुषले शरीरमा ६ वटा गाठा ( सिक्स प्याक्स ) बनाउन चाहन्छन भने महिलाले शुन्य ज्यान (जिरो फिगर )बनाउन चाहन्छन l पुरुष तथा महिला दुवै फुकेनाश बाट मुक्ति चाहन्छन l सुकेनाश तर्फ रुपान्तरित हुन् चाहन्छन l २१ औ शताब्दीमा खिरिलो र मिलेको देह भई दिए हुन्छ भन्ने परिकल्पना गर्दछन l जो कोहि पनि आफ्नो शरीर चिटिक्क मिलेको बनाउन चाहन्छन l अहिले सारा पृथ्वीका मानिस फुकेनाशलाई तिस्कार गर्दै सुकेनाशलाई स्वीकार गर्ने तर्फ लम्की रहेका छन् l

अमेरिकामा फुकेनाश नभई पुरुषको छरितो शरीर र ६ वटा पेटमा गाँठा भए उ सबैको प्यारो हुन्छ l त्यस्तै गरि महिलाले पातलो ज्यान बनाई सुन्य शरीर (जिरो फिगर )बनाए सबैको आँखाको तारो हुन्छन l फुकेनाश छ भने कसैले चासो राख्दैनन् तर सुकेनाश शरीर छ भने जिज्ञाशा र प्रशंसाको पात्र पनि हुन्छन l

हाम्रो मुलकमा अलिक बिपरित अवस्था छ l पुरुष या महिला दुवै प्वाक्क पुक्क भएको ज्यान छ भने खानदानी र खाई लाग्दो कहलिन्छ l तर पुरुष या महिला सुकेनाश जस्तै छन् भने क्षयरोग (टीबी )लागेको होला भन्ने शंका हुन्छ l पातलो र मरण च्यासे जस्तै पुरुष भए अभिभावकले खाने बेलामा ढोका थुनेको जस्तो नामाकरण गरिन्छ l

बैबाहिक जीवनको गाँठो पार्ने सम्बन्धमा महिला पातली छ भने केटी रोगि छ ,गरेर खान सक्दिन भनेर विभिन्न खोट र बात लगाई हजारौको बिबाह भाडिएको पनि छ l हाम्रो यहि समाज हो l

तर अहिले परिस्थिति फरक भएको होला तर सोच अहिले सम्म पनि समाप्त भएको छैन l अमेरिकामा भने ठिक बिपरित ,पुरुष मोटो घाटो तथा महिला मोटीघाटी भए काम गर्न सक्ने बिषयमा शंकाले हेरिन्छ l

यस अर्थमा फुकेनाश अझ फुर्तिला पनि नहुने हैन l सुकेनास भन्दा फुकेनास तेज र बारुद हुन्छन l फुकेनाश भएकालाई मन भित्र शरीरको कारण अलिकति हिन भावाना पनि बोकेर हिडेका हुन्छन l अमेरिकामा फुकेनाशको जन घनत्व बढी यत्र तत्र सर्बत्र भएकोले उनीहरुको मागँ कम हुन्छ l तर वंशानुगतको कारणले होस् या साचो रोग लागेर सुकेनाश भए पनि खिरिलो ,पातलो दुब्लो छन् भने पनि उसको माँग अमेरिकामा ज्यादा पाईएको छ l

क्षयरोग(टीबी )को ओखति खाएर ज्यान हिरिक्क र साच्चै कुपोषण नै भएको छ भने पनि पुरुष या महिलाको देह(फिगर )को प्रशंसा हुन्छ l रोगले च्यापी ख्याउटे छ भने पनि अति सुन्दर हुन्छ l

बिशेष त कलाकारहरु यस कुरामा अत्यन्तै संबेदनशील हुन्छन l फुकेनासबाट सुकेनाशमा परिणत गर्न जो पनि चाहना राख्दछन ,पाकिस्तानी गायक अद्नाम साहनी फुकेनासबाट सुकेनासमा परिणत भएको ज्वलन्त उदाहरण हुन् l

फुकेनास हुने देशहरुमा अमेरिका ,चिन ,भारत ,रसिया ,ब्राजिल ,मेक्सिको ,इजिप्ट ,जर्मनी , पाकिस्तान तथा इन्डोनेसिया रहेका छन् l

अमेरिकाका अधिकांस नायक तथा नायिका सुकेनास हुन् चाहन्छन र छन् पनि किनभने फुकेनास भन्दा सुकेनासको अमेरिकामा मागँ छ l फुकेनास भनेको रोगको पोको पनि हुन् सक्छन l सुकेनास भनेको निरोगी मात्र हुदैनन् रोग को घर पनि हुन् सक्दछन l

फुकेनास बनाउने क्रममा हुईपा र सास जान आटेको जस्तो पनि हैन l सुकेनास भनेको करंग नै करंग देखिने जस्तोको पनि मागँ भन्ने हैन l ज्यान छरितो ,फुर्तिलो ,उमेर अनुसार ठिक ज्यान भएको पुरुष तथा महिलाको अमेरिकामा ज्यादा मागँ देखिएको छ l

अमेरिका जस्तो मुलुकमा हुदा अनियन्त्रित रुपमा खाए फुकेनास र नियन्त्रित रुपमा खाए सुकेनाश हुईञ्छ l

यहाँ कुपोषण लागेको व्यक्ति बिशेषलाई मात्र सुकेनाश भन्ने अर्थमा व्याख्या गरिएको हैन l ज्यान घटाउने क्रममा वजन घटाउदा घटाउदा अस्ति पंजर (कंकाल-)मात्र देखाउने रिति रिवाज (फेसन )ले गर्दा हड्डी मात्र शरीरमा देखाउने परिपाटी को अर्थमा सुकेनाश शब्द प्रयोगमा ल्याईएको हो l फुकेनास र सुकेनास भन्दा पनि मानिस स्वस्थ हुनु पर्छ l आफ्नो उमेर र उचाई अनुसार सुकेनास र फुकेनास बनाउन ठोस कदम चाल्नु आवस्यक हुन्छ l

……………………………….. अस्तु

प्रतिक्रिया