पाँचथरमा एक नगरपालिकासहित ३० वटा साक्षर गाविस घोषणा

इनेप्लिज २०७२ असार १० गते १:३९ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, १० असार । पाँचथर जिल्लामा अहिले धमाधम साक्षर गाविस घोषणा गर्न थालिएको छ ।

अहिलेसम्म एक नगरपालिकासहित ३० वटा साक्षर गाविस घोषणा भइसकेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा भएका १५ देखि ५९ वर्ष उमेरका १४ हजार ८०३ निरक्षरलाई अहिले साक्षर घोषणा गरिरहेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

उहाँका अनुसार यही असार १२ गते १ नगरपालिकासहित ३८ वटा गाविस साक्षर गाविस घोषणा भइसक्ने छ । उहाँले भन्नुभयो, “अब धमाधम साक्षर गाविस घोषणा भइरहेको छ, असार १२ गते जिल्लाका सबै गाविस साक्षर घोषणा गरिसकिने छ ।” यही असार २९ गते जिल्लालाई साक्षर जिल्ला घोषणा हुँदैछ ।

प्रतिक्रिया