लस एन्जेलस अमेरिका कै सबै भन्दा खराब ट्राफिक (यातायात) आवागमन हुने शहर

इनेप्लिज २०७२ असार ९ गते २:२३ मा प्रकाशित

05032011_traffic_article

विश्व कै सबै भन्दा ज्यादा सवारी साधन ज्यादा भएको मुलुक मध्ये अमेरिका पनि हो l सबै प्रकारका सवारी साधनको हिसाबले अमेरिका चौथो राष्ट्रमा पर्दछ l तर औसतमा कार प्रति व्यक्ति ज्यादा भएको मुलुक अमेरिका हो l

र ,अमेरिकाको लस एन्जेलस सबै भन्दा ज्यादा खराब ट्राफिक (यातायात) भएको शहर हुन् पुगेको एक तथ्यांकले देखाएको छ l ज्यादा जन घनत्व वृद्धिको साथै सवारी साधनको पनि वृद्धिले आवत जावतको ज्यादै कठिन बन्दै गएको छ l

एक आँकडा अनुसार ब्यस्त समयमा सवारी साधन एउटा को पछाडी अर्को सवारी साधनको लर्को हुने गरेको छ l नौपरिवहन पद्धति (न्याभिगेसन ) निर्माण गर्ने प्रतिष्ठान टम टमले गरेको बार्षिक सूचकांक अनुसार लस एन्जेलसका चालकहरुले व्यस्त समयमा बिश्व कै सबै भन्दा खराब ट्राफिक भएको अनुभूति गर्ने गरेको बताएको छ l

यस शहरलका चालकहरुले बार्षिक रुपमा ९२ घण्टा अतिरिक्त समय आवागमनमा बिताउने गर्छन भने अति व्यस्त समयमा ८० प्रतिसत भीड़-भाड़ हुने सूचकांकले देखाएको छ l

यस अगाडी वाशिंगटन डिसीमा अत्यधिक सवारी साधनको चाप हुने गरेको थियो l वाशिंगटन डिसीमा व्यस्त समयमा ६७ घण्टा बिलम्ब हुने गरेको आंकडाले देखाएको छ l औसतमा वाशिंगटन डिसी क्षेत्रमा बसोबास गर्ने चालकले बार्षिक १ हजार ३ सय ९८ डलर यातायात थप्प भएको कारण ज्यादा खर्च लाग्ने गरेको आंकडा दिएको छ l

अमेरिकाका ज्यादै खराब यातायात आवागमन हुने १० शहरहरुमा क्रमस १ लस एन्जेलस २ .सन् फ्रान्सिस्को ,३.होनोलुलु ,४.सियाटल ५. सन् जोस ६.न्युयोर्क .७ मियामी ८.वाशिंगटन डिसी ९.पोर्टल्याण्ड १०. न्यु ओर्लेंस रहेका छन् l

लस एन्जेलस अमेरिका कै सबै भन्दा ज्यादा खराब यातायात थप्प हुने शहर हो भने बिश्व मै १० औ स्थानमा खराब ट्राफिक हुने शहरमा पर्दछ l

प्रतिक्रिया