धर्म र भूकम्प

इनेप्लिज २०७२ असार ८ गते २३:०६ मा प्रकाशित

unnamed

पृथ्वी अौ नम, बुद्धि अग्नि,जल,मन,वायु अहंकार छन |
मेरा यी जड शक्ति आठ अपरा हे पार्थ निर्जिव हुन ||
जानी लेउ म मूल कारण स्वयं, उत्पत्तिको छु भनी |
मैमा लीन हुनेछ यो जगतको सम्पूर्ण सृष्टि पनि ||
धागोमा मणिमा झै अभिन्न छ सखे ! व्रह्राण्ड सारा मामा !
अर्को छैन म देखी भिन्न कहिने वस्तु व्रह्राण्डमा !!
पानीमा रस हु प्रकाश पनि हुँं | श्री चन्द्र आउ सुर्यको |
हे अर्जुन | पुरुषत्व हुँ प्रणयको उँ कार हुँ वेदको ||

बुद्धि रूप म बुद्धिमान तपसिको शान्ति हुँं अर्जुन | मै हुँं वीज साखे ! सनातन सबै जीवादिको जीवन !!

उक्त उ पंक्ति गीता सारको सातौ अध्यायको ज्ञान विज्ञान र योगका वारेमा भगवान श्री कृष्णले अर्जुनलाई महाभारतको महायुद्ध मा धर्म ज्ञान र कर्तव्यका वारेमा भन्नु भएको श्लोक हो l

भगवान श्री कृष्णले भन्नु भएको जस्तै विहानै उठेर नुहाइ धुवाइ गरी सूर्यलाई अर्ध दिने, जय गरेर व्रहाण्डका सारा प्राणी जल,थल, पितृ देवता सम्झेर हाम्रो दिन सुरु गर्ने चलन हो | घर अगाडि तुलसीको मठ जस्ले हाम्रो स्वास प्रश्वासलाई पनि फाईदा गर्छ,कान दुखेको,खोकी लागेको सवै सवै चिजको औषधी पनि हो तुलसी l त्यस्तै वर पिपलले थकित वटुवालाई आनन्द दिने शितलता दिने यी बिष्णुका रुप हुन |

हामी अहिले आएर पुजाको विरोध गर्ने ,अक्षताको विरोध गर्ने,देवी देवतालाई ढुङ्गा हो भनी विरोध गर्ने l मानौ हाम्रो विवेकमै विरोध छ | हाम्रो धर्मको विरोध पुजाको विरोध,होमको विरोध, मदिरको विरोध ज्ञानी तपसिको विरोध ? बुध्दिमानी मनिषाको विरोध, वावाको विरोध,आमाको विरोध, दिदिको विरोध, वहिनिको विरोध, उसले प्रगती गरायो विरोध, उसले राम्रो गर्यो विरोध उसले नयाँ काम गर्न थाल्यो विरोध ! मानौ ,अव हाम्रो धर्म नै विरोध भयो l हाम्रो त धर्मै छैन |

इशाईहरु अाइतवार सवै चर्चमा जान्छन l आफ्ना वाल वच्चालाई आफ्नो धर्मको,उपदेशको ज्ञानको र नैतिकताको पाठ सिकाउँछन | मुसलवानहरु शुक्रवार त्यस्तै यहुदि लगायत सवैको आ-आफ्नो धर्म,ज्ञान र त्यसले नैतिकता पनि सिकाउँछ | नैतिकता भनेको यस्तो कुरो हो धर्म र सदाचार भनेको यस्तो कुरा हो त्यसले मनिसलाई धेरै माथि पुर्याउँछ | अहिले सिङो एउटा दलाई लामा र सिङो मुलुक चीनको तुलना गर्ने हो भने दलाई लामा धैरै माथि छन | आफ्नो धर्मले,नैतीकताले र धर्मको ज्ञानले बुध्दको ज्ञानले |

तर हामी हाम्रो वालवच्चालाई कम्पुटर, अाइपट, टीभी र वन्दुक हान्ने ज्ञाममा लागेर रमाएकोमा खुशी हुन्छौ l प्रशंशा गर्छौ l र तिनिहरुको अगाडि रक्सी खाएर ठुलाकुरा गर्छौ | अहिले सिङो एउटा दलाई लामा र सिङो मुलुक चीनको तुलना गर्ने हो भने दलाई लामा धैरै माथि छन | आफ्नो धर्मले,नैतीकताले र धर्मको ज्ञानले बुध्दको ज्ञानले | हामीले हाम्रो यो वाटोलाइ परिवर्तन गर्न जरुरी छ | हाम्रो सोचलाई परिवर्तन गर्नु पर्ने जरुरी छ |

जव जव मानिसको सहारा खोसिदै जान्छ तव तव मानिस भगवानको सहारा लिन पुग्छ l एकताका संसारका महायोध्दाहरुले महा शक्तिशाली -देशहरु खाँदै हिंडेका थिए | नेपाल सानो देश भएर पनि देवी देउताका ढुङ्गा,सालिग्रामा खसालेकै भरमा नेपालको डाँडाको टुप्पामा कुनै कुनै शक्तिशाली सेनाले कहिल्यै,कहिल्यै चढन सकेनन |

नेपाललाई गुलाम बनाउनै सकेनन | हाम्रो धर्म साक्षी छ |हाम्रो ईतिहास साक्षी छ | कहिल्यै नेपालमा ठुलो माहामारी आएन |एकताका संसारका महायोध्दाहरुले महा शक्त्तिशाली देशहरु खाँदै हिंडेका थिए | नेपाल सानो देश भएर पनि देवी देउताका ढुङ्गा,सालिग्रामा खसालेकै भरमा नेपालको डाँडाको टुप्पामा कुनै कुनै शक्त्तिशाली सेनाले कहिल्यै,कहिल्यै चढन सकेनन |नेपाललाई गुलाम बनाउनै सकेनन |

हाम्रो धर्म साक्षी छ | हाम्रो ईतिहास साक्षी छ | कहिल्यै नेपालमा ठुलो महामारी आएन | कहिल्यै नेपालमा नत जातको नाममा ,नत भातको नाममा ,नत कुनै नाममा झै झगडा भयो l नत मारकाटनै | यती सम्मकी कहिल्यै प्लेन पनि ठोकिन्थेन र सबैले यो देश पशुपतिनाथले चलाउनु भएको छ सम्म पनि भन्थे | १ सय भन्दा वढी देशले शान्ती क्षेत्र देश भनेर साइन पनि गरी सकेका थिए |

म भारत र नेपालको वोर्डरमा हुर्केको मान्छे हुँं | मेरा धेरै वोर्डर पारीका साथीहरु थिए | उनीहरु भन्थे “म त पछी गएर नेपालमै गएर बस्छु |” मेरो किन भन्ने प्रश्नमा उनीहरु फेरि भन्थे नेपालमा शान्ति छ | त्यसैले बुढेसकालमा म त्यही गएर बाँकी जीवन विताउन चाहन्छु |”

कहिल्यै काही वाढिवाट,पहिरोवाट, वस ट्रक दुर्घटनावाट दुई चार जना मानिसको मृत्यु भएको सुन्दा आफ्नो घरका वुढावुढिहरु हरे राम यो के हुन खोजेको हो भन्नु हुन्थ्यो | चाहे त्यो जहाँको मानिस मरोस नेपाली भएपछी भो मलाई आज खानै मन छैन भन्नु हुन्थ्यो | “हरे राम, राम ,राम !हे शिव,शिव ,शिव ! हरे कृष्ण , कृष्ण , कृष्ण ,राधे कृष्ण ! सीता राम, हे पशुपतिनाथ, हे मनकामना भनेर यसरी देवी देवताका नामहरु सम्जेर घरकै परिवार मरेको जस्तो सवै सवैले घर घरमा बुढापाकाले पंचायन देवताको सालीग्रामको पुजा गर्ने चलन थियो |

आज हेर्नुहोस त ! जहाँं मानिसहरु भीड हुन्छ त्यहाँ नास्तिकताको नामले धर्म मान्नेहरुलाई, पुजा गर्नेहरुलाई ज्ञानी ,तपस्वी, बुध्दिमानहरुलाई गाली गर्छन् | अक्षता चढाउने, वली चढाएको वली चढाएको, होम गरेको, पुजा गरेको विरोघ गर्नेको संख्या पछिल्लो समयमा गएर ह्वात्तै बढयो |

प्रतिक्रिया