पूर्वराजा: अहिले नगरे कहिले गर्ने ?

इनेप्लिज २०७२ असार ८ गते १५:२४ मा प्रकाशित

Ex-King-Gyanendra-Shaha-650x389भूकम्पपछिको लामो समय आफन्तजनको उपचारमा दिल्ली-काठमाडौंको धपेडीमा रहेका पूर्वराजा बल्ल सहज बनेछन् र जेठ ३१, आइतबार, पशुपतिनाथको पूजाआजा गर्न पुगेको देखियो । के चाहियो- ‘थाहा पाउने आमनागरिक र राजावादी पशुपतितिर हान्निए ।’ पूर्वराजालाई देख्नासाथ नारा लगाए– ‘राजा आउ देश बचाउ ।’ महाभूकम्पले भग्नावशेष भएका मन र शरीर बोकेर पशुपतिनाथ परिसर पुगेका जनताले पूर्वराजालाई सहारा देखे, सहारा मागे र देश बचाउन आह्वान गरे ।

भूकम्पको धक्का, सरकार र राजनीतिक दलहरुको लोप्वाले सोझा र राजावादीहरुमाथि हुनुसम्मको अन्याय भइरहेको छ । अनि आम जनताले ‘राजा आउ देश बचाउ’ भनेर नारा लगाउनु स्वभाविक हो । आशा, आस्था र विश्वासले जीवन जिवन्त हुने हो । भूकम्पपीडित जनता जिवन्त हुन खोजिरहेका छन् ।

भूकम्पमा परेर मृत्यु भएकाहरुको चीर शान्ति र घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्वराजाले पूजाआजा सम्पन्न गरेर फर्कने क्रममा सञ्चारमाध्यममार्फत राजनीतिक दलहरुलाई यो विपदको बेलामा मिलेर काम गरौं भनेर प्रस्ताव गरेका छन् । पूर्वराजाले राजनीतिक दलहरुलाई आह्वान यसरी गरे– ‘महाभूकम्पले ठूलो समस्यामा पारेको छ, मुलुक र मुलुकवासी समस्यामा परेका छन्, हामी सबै मिलेर विपद व्यवस्थापनमा योजनावद्ध भएर लाग्नुपर्छ । हामीले भूकम्पपीडितलाई सबै प्रकारका सहयोग पुर्‍याउनुपर्छ । सरकारले पनि ठोस योजनासहित पुनस्र्थापना र पुनर्निर्माणमा अघि बढ्नु जरुरी छ । म भूकम्पपीडितको शान्तिको कामना गर्छु । संविधान निर्माणमा भएको सहमतिका लागि राजनीतिक दलहरुलाई बधाई दिन चाहन्छु ।’

संविधान मस्यौदा सुरु भइसकेको स्थितिमा पूर्वराजाले गरेको यो प्रस्ताव र दिएको बधाईको दूरगामी महत्व देख्नेहरु भन्छन्- ‘पूर्वराजाले राजगद्दी त्याग गरेपछि आजसम्म सकारात्मक धारणा अघि सारेका छन् । नकारात्मक र राजनीतिक दलहरुलाई असहयोग हुने कुनै कदम चालेका छैनन् । अहिले पनि संविधानमा कसैलाई काखा, पाखा नलगाऔं, सबैले अपनत्वका साथ ग्रहण गर्नसक्ने खालको संविधान निर्माण गरौं, मिलेर अघि बढौं भनेर उदारता देखाएका छन् । पूर्वराजाको संकेत बुझे पनि राजनीतिक दलहरुले कुनै जवाफ दिएका छैनन् । पूर्वराजाले जस्तै धारणा राख्ने संसद र सडकका अन्य राजनीतिक शक्तिहरुलाई पनि ४ राजनीतिक शक्तिले महत्व दिएको देखिँदैन् । यदि यस्तै ठूला दलहरुमा सर्वसत्तावादी माहोल विकास भयो भने संविधान त बन्ला तर राजनीतिक निकास दिन असक्षम संविधान बन्ने देखिन्छ । फेरि पनि दिगो शान्ति स्थापना हुने छैन, अस्थिरता र अराजकताले नै प्राथमिकता पाउँनेछ ।

राजनीतिक र प्रशासनका प्रभावशालीको मिलोमतोमा भूकम्पलाई भ्रष्टाचारमय बनाइएको छ । सोझा र पहुँच नभएका जनतालाई हेर्ने कसले ? दरबार छैन, राजतन्त्र पनि छैन, लोकतन्त्र छ पहुँचवालाको मुठ्ठीमा छ । राजावादी छन् । ती राजावादीहरुको त हालत झन दयनीय छ । 

भूकम्पको धक्काले नेपालीको जीवनचक्र नै खलबलिएको स्थिति छ । यस्तो पीडा नेपालीले कहिल्यै भोगेका थिएनन् । तिनको न गासको ठेगान छ, न बासको । परिवार जन गुमाएका र घाइतेको हालत त झन पीडादायी देखिन्छ । कसैले केही सहायता गरिदिए हुन्थ्यो भन्नेहरुको लामो लाइन छ । राजधानीकै कुनाकाप्चामा सरकार पुगेको छैन, पहाडी कुना कन्दरामा सरकार कहिले पुग्ला ? पाँचथरमा गएको पहिरोले पहाडी जनजीवनलाई ठूलो त्रासदी फैलाइसकेको छ । वर्षाको मौसम भर्खर सुरु हुँदैछ, बाढी र पहिरोले नेपाली जनधनको कति क्षति हुने हो, राज्य सतर्क भइसकेको छैन् । विपदको यस्तो बेलामा पनि राजनीति र प्रशासनले आफ्नो क्षमतालाई पवित्र पार्न सकेनन् । राजनीतिक र प्रशासनका प्रभावशालीको मिलोमतोमा भूकम्पलाई भ्रष्टाचारमय बनाइएको छ । सोझा र पहुँच नभएका जनतालाई हेर्ने कसले ? दरबार छैन, राजतन्त्र पनि छैन, लोकतन्त्र छ पहुँचवालाको मुठ्ठीमा छ । राजावादी छन् । ती राजावादीहरुको त हालत झन दयनीय छ । किनभने राजनीतिक दलहरुले पक्षपात गरेपछि, पूर्वाग्रह राखेपछि जनताको पीडा झन बढेको हो । भूकम्पको धक्का, सरकार र राजनीतिक दलहरुको लोप्वाले सोझा र राजावादीहरुमाथि हुनुसम्मको अन्याय भइरहेको छ । अनि आम जनताले ‘राजा आउ देश बचाउ’ भनेर नारा लगाउनु स्वभाविक हो । आशा, आस्था र विश्वासले जीवन जिवन्त हुने हो । भूकम्पपीडित जनता जिवन्त हुन खोजिरहेका छन् ।

Rajan-karki

०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछिका दिनहरुमा पूर्वराजा जता गए पनि जनता माहुरीको गोलो झुम्मिएझैं झुम्मिने गरेका थिए । ‘राजा आउ देश बचाउ’ भनेर नारा पनि लगाउँथे । त्यो माहुरीको गोलो निरन्तर रानु खोजिरहेको छ, राजनीतिक दलहरु र लोकतन्त्र लोकको रानु बन्न सकेको छैन । अन्यायमा परेका जनता पीडा भोगिरहेका छन् र जनताको पीडा सुन्ने रानु कहाँ छ ? जनप्रतिनिधि बन्न सफल भएका नेताहरु राजनेता बन्न सकेनन् । राजनेताले मात्र जनमुखी र जनताप्रति जिम्मेवार हुनसक्छ । हाम्रो राजनीति जनआन्दोलनपछिका १० वर्षमा गैह्रजिम्मेवार मात्र बनेको छ । हामीसँग कथित नेता छन्, राजनेता छैनन् । त्यसैले भूकम्पको विपत्ति पनि राजनीतिक बर्गका लागि, प्रशासनस“ग मिलेर खल्ती गरम गर्ने राम्रो व्यापार व्यवसाय पो बन्न पुग्यो । हाम्रो लोकतान्त्रिक राजनीतिमा संवेदना सकिदै गएको छ, मानवधर्म मर्दै गएको छ । यथार्थमा लोकतन्त्र राजनीतिक र प्रशासनिक भ्रष्टाचारले आपराधिक बनाउँदै लगेका छन् ।

भूकम्पको धक्काले नेपालीको जीवनचक्र नै खलबलिएको स्थिति छ । यस्तो पीडा नेपालीले कहिल्यै भोगेका थिएनन् । तिनको न गाँसको ठेगान छ, न बासको । परिवार जन गुमाएका र घाइतेको हालत त झन पीडादायी देखिन्छ । कसैले केही सहायता गरिदिए हुन्थ्यो भन्नेहरुको लामो लाइन छ । 

यही कारण हो : ‘राजा आउ देश बचाउ’ भन्ने नारा लाग्नुको । लोकतन्त्रले लोकको पीडा सम्बोधन गरेको भए लोकतन्त्र जिन्दावाद भन्ने नारा लाग्थ्यो । लोकतन्त्र दिवस समेत लुकेर मनाउनु पर्ने स्थिति सिर्जना भइसकेको छ ।

पूर्वराजाको परम्परा छ– जनताको दुःखमा दुखी हुने र सुखमा सुखी हुने । पूर्वराजा भूकम्पपीडितका सामु देखिएका छैनन् । किन ? किन जाँदैनन् पूर्वराजा ? अझै राजामा आस्था राख्ने जनसमुदाय छन् र तिनीहरु राजा खोज्न थालेका छन् । पूर्वराजा आमनागरिकको घाउमा मलमपट्टी लिएर पुग्नुपर्ने हो ? पूर्वराजाको दोहोरो दायित्व छ– पहिलो परम्परागत धर्मनिर्वाह र दोस्रो मानवीय धर्म पूरा गर्नु । धर्मप्रति ज्यादै आशक्ति भएका पूर्वराजाले यसरी निर्मल निवासभित्र मात्र बसेर पुग्दैन, कर्तव्य पूरा हुँदैन । हेक्का रहोस्, यस्तै विपदको बेलामा हो, जनतालाई साथ दिने । भत्केको धैर्यता र ढलेको मनोबल उठाउन मद्दत गर्ने । राजावादीहरुको प्रश्न छ– पूर्वराजाले अवसर किन गुमाएको होला ? खासगरी राहतमा राजनीतिकरण भएपछि र पक्षपात बढेपछि आमनागरिकले राजाबाट राहतको आश लगाएका छन् ।

हाम्रो राजनीति जनआन्दोलनपछिका १० वर्षमा गैह्रजिम्मेवार मात्र बनेको छ । हामीसँग कथित नेता छन्, राजनेता छैनन् । त्यसैले भूकम्पको विपत्ति पनि राजनीतिक बर्गका लागि, प्रशासनसँग मिलेर खल्ती गरम गर्ने राम्रो व्यापार व्यवसाय पो बन्न पुग्यो । 

हुन त हिमानी ट्रष्टबाट धादिङ, जोरपार्टीलगायतका केही स्थानमा खाद्यान्न र जस्तापाताको सहयोग बितरण भएको थियो । त्यसपछि हिमानी ट्रष्ट पनि हराएको छ । न पूर्वराजा देखिन्छन्, न हिमानी ट्रष्ट । भूत मन्छिएजस्तो गर्नु अथवा अलिकति कनिका छर्नु न सहयोग हो, न राजकीय धर्म पूरा गरेको ठहरिन्छ ? जनताले अर्थपूर्ण सहयोगको अपेक्षा गरेका छन् । विश्वका कलाकार, खेलाडी, व्यक्ति र सामाजिक संघसंस्थासमेत राहतमा जुटेका बेलामा पूर्वराजा घरवासविहीन जनताका साथमा नदेखिनु राजकीय परम्परा र पुर्षाको इज्जतमाथि आघात पुगेन र ? पहिले नै ७७ लाख पठाएका कलाकार ज्याकी चाङ १२ घण्टाका लागि काठमाडौं उत्रिए र राहत वितरण गरेर फर्किए । पैसाभन्दा मानवीयता कति ठूलो हुनेरहेछ ? पूर्वराजाले अब धेरै समय खेर नफाली छिटो सक्दो राहत आमनागरिकको छाना, नाना र खानाका लागि लिएर कुना कन्दारासम्म पुग्नुपर्छ । राज्य जहाँ पुग्न सकेन, त्यहाँ पूर्वराजा पुग्नुको महत्व छुट्टै हुनेछ ।

पहिले नै ७७ लाख पठाएका कलाकार ज्याकी चाङ १२ घण्टाका लागि काठमाडौं उत्रिए र राहत वितरण गरेर फर्किए । पैसाभन्दा मानवीयता कति ठूलो हुनेरहेछ ? पूर्वराजाले अब धेरै समय खेर नफाली छिटो सक्दो राहत आमनागरिकको छाना, नाना र खानाका लागि लिएर कुना कन्दारासम्म पुग्नुपर्छ । राज्य जहाँ पुग्न सकेन, त्यहाँ पूर्वराजा पुग्नुको महत्व छुट्टै हुनेछ ।

गद्दी त्याग गरेर नागार्जुन जंगलवासतिर लागेपछि पूर्वराजाले भनेका थिए– म यो देश छाडेर भाग्दिन । यही देशमा मर्छु । यति ठूलो राष्ट्रभक्ति देखाउने पूर्वराजा पीडित र विपत्तिमा परेका जनताप्रति राजकीय दायित्व निर्वाह गर्न चुक्न नहुने हो । हुन त राहत, उद्धार, पुनस्र्थापना र नवनिर्माण गर्ने राज्यले हो, पूर्वराजाले होइन । तर, भूकम्पले ल्याएको विपत्ति चानचुने बिपत्ति होइन । यो विपत्तिको सामना गर्न राष्ट्रिय एकताको खा“चो छ, प्रत्येकको योगदान अपेक्षित छ । मिलेर अगाडि बढौं भन्ने पूर्वराजाले पहिलो कदम अगाडि सार्नैपर्छ । हिमानी ट्रष्टमार्फत गरेको सहयोग पर्याप्त छैन । पूर्वराजा स्वयंले गर्ने सहयोग देखिनुपर्छ । पूर्वराजाको यो प्रयासले राष्ट्रिय एकतालाई मद्दत गर्छ, राजनीतिक र प्रशासनिक भ्रष्टाचारलाई न्यूनिकरण पनि गर्छ । नागरिक समाजदेखि देशका सबै तह र तप्काका अगुवाहरुलाई जनताप्रति जिम्मेवारीको बोध पनि गराउँछ । आमजनताको कोलाहल, चिच्याहटले पूर्वराजालाई नछुनु भनेको संवेदनहीनता हो । पूर्वराजा राजनीतिक नेताजस्तो स्वार्थी र संवेदनहीन हुन मिल्दैन । जनतामा परेको यति ठूलो विपत्तिमा पूर्वराजा निरपेक्ष बस्न सक्दैनन् ।

आमजनताको कोलाहल, चिच्याहटले पूर्वराजालाई नछुनु भनेको संवेदनहीनता हो । पूर्वराजा राजनीतिक नेताजस्तो स्वार्थी र संवेदनहीन हुन मिल्दैन । 

यतिबेला पूर्वराजाले जनताको साथ नदिए कहिले दिने ? अहिले जनताका लागि केही नगरे कहिले गर्ने ? पूर्वराजाका सहयोगी, सल्लाहकारहरु सही सल्लाह दिन कुन साइत जुराउन कुन ज्योतिषको भद्रो हेरिरहेका छन् कुन्नी ? पूर्वराजा ज्ञानेन्द्रको ज्ञानी स्वरुप देखिन कुन बाधाले छेक्यो कुन्नी ?

प्रतिक्रिया