मोरङमा एक पुरुषको शव फेला

इनेप्लिज २०७२ असार ८ गते ४:४० मा प्रकाशित

Morang_district_location_mapविराटनगर, ८ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । बेलबारी नगरपालिकाको ८ र ९ नम्बर वडाको बीचमा पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ४५ वर्षीय पुरुषको फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नाम र वतन नखुलेका उक्त व्यक्तिको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा पठाइएको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया