डिसीमा नेपालको भूकम्प र पुनर्निर्माण सम्बन्धि गोष्ठी

इनेप्लिज २०७२ असार ७ गते १७:२८ मा प्रकाशित

डिसीको आयोजनामा नेपालको भूकम्प बिषयमा गोष्ठी कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

उक्त गोष्ठी कार्यक्रममा शाखाका पूर्व अध्यक्ष अभियन्ता ठाकुर ढकालले अर्थक्वेक प्रिपेयर्डनेस एण्ड रिलिफ इन नेपाल (नेपाल भूकम्प तत्परता तथा आपत् राहत )एक दृष्टिकोण शोधपत्र बारेमा बोलेका थिए l

उनले उक्त पुस्तकको बारेमा चर्चा गर्दै अमेरिकामा रहेका संस्था संग आबद्ध प्रख्यात अभियन्ताहरु रमेश मल्ल ,कन्हैया कायस्त ,सुनिल शर्मा तथा सुरेश प्रसाद ओझा बाट तयार गरिएको सोध पत्र पुस्तक भूकम्पको लागि धार्मिक ग्रन्थ गीता जस्तै उपयोगी हुन् सक्ने दाबी गरेका छन् l

अमेरिकन सोसाइटी अफ नेपालिज़ इन्जिनीयर्स ,अमेरिका नेपाल मेडिकल फ़ाउन डेसन तथा कम्प्युटर एसोसिएसन अफ नेपाल -यु एस ए को पहलमा प्रकाशित उक्त सोध पत्र पुस्तक निकै काम लाग्ने छ भनि ढकालले बताए l उक्त पुस्तक हाल १ हजार प्रति बनाईएको छ भन्दै नेपालमा छिट्टै पत्रकार भेटघाट कार्यक्रम गर्ने ,बिशेष संघ /संस्था तथा सम्बन्धित कार्यालयलाई वितरण गरिने बताए l

प्रतिक्रिया