शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:५३
वासिङटन डिसी 10:08

भारत तस्करी गर्न लागिएको ३० वटा गोरु नियन्त्रणमा

इनेप्लिज २०७२ असार ७ गते ११:५४ मा प्रकाशित

goruगौशाला, ७ असार । भारततर्फ तस्करी गर्न लागिएका अवस्थामा आज बिहान महोत्तरी प्रहरीले ३० वटा गोरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको बसविट्टी गाविस–९ स्थित वनको बाटो भएर भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा आज बिहान ४ बजेको समयमा इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको गस्ती टोलीले ३० वटा गोरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

बिहानै भारततर्फ गोरु तस्करी गर्न लागेका तस्करहरु प्रहरीलाई देखेर भागेका थिए । त्यसपछि प्रहरीले सबै गोरुलाई नियन्त्रणमा लिएको थियो । ती गोरुलाई आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाइएको छ ।

प्रतिक्रिया