तीन वर्षदेखि सप्तरीका एक युवक बेपत्ता

इनेप्लिज २०७२ असार ७ गते ४:५० मा प्रकाशित

सप्तरी, ७ असार । विगत तीन वर्षदेखि सप्तरीको जोगिनिया गाविसका एक युवक बेपता भएका छन् ।

आफ्नै बुवासँग सामान्य विवादपछि तीन वर्ष अगाडि घरबाट निस्केका सप्तरीको जोगिनियाँ गाविस–८ सकरदहीका लक्ष्मण मैरता यादवको १९ वर्षीय जेठो छोरा सञ्जय यादव हालसम्म घर नफर्किदा परिवारका सदस्य चिन्तित भएका छन् ।

आफ्नो छोरा सञ्जयको अहिलेसम्म कुनै अत्तोपत्तो नलागेकाले परिवारजनमा दिनप्रति दिन रुवावासी भइरहेको भन्दै उनको खोजी गरिदिन बुबा लक्ष्मण मैरताले आग्रह गर्नुभयो ।

सञ्जयले घरबाट गएको छ महिनापछि एउटा चिठी पठाएको थियो र जस्मा लेखेको थियो “म विराटनगर उपमहानगरपालिका १४ मा बस्दै आएको छुु तपाइँहरु मेरो कुनै चिन्ता नगर्नु भनेको बताउँदै बाबु लक्ष्मणले छोराको चिठी प्राप्त भएपछि उनको खोजी गर्दा पनि हालसम्म नभेटिएको बताउनुभयो ।

लक्ष्मणले छोरा खोजी गरिदिन मानबअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज र प्रहरी प्रशासनलाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया