ट्रकको ठक्करबाट एकको मृत्यु

इनेप्लिज २०७२ असार ७ गते ४:४८ मा प्रकाशित

accident-signबुटवल, ७ असार । शिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डको सखुवानी नजिकै ट्रकको ठक्करबाट गएराति एकजनाको ज्यान गएको छ ।

भैहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४९५ नं. को ट्रकले सोही दिशाबाट साइकलमा आउँदै गरेका व्यक्तिलाई ठक्कर दिइ घाइते बनाएकोमा उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया