२०७२ असार ६, काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले शनिबार स्रष्टा लालगोपाल सुवेदी, अमेरिकाको ६ थान कृति (कविता, गीत र प्रयोगशील नवकाव्य) को लोकार्पण समारोहको आयोजना ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ स्रष्टा तुलसी दिवसले सबै कृतिहरूको विमोचन गर्दै लामो समय हराएका चिरपरिचित कविलाई यति धेरै कृतिहरूका साथ भेट्न पाँउदा खुशी लागेको अभिव्यक्ति दिनु भयो ।
लोकार्पित कृतिहरू माथि डा.सञ्जीव उप्रेती र डा. रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्रष्टा लालगोपाल सुवेदी, रमेश खकुरेल, अनेसास नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, कोषाध्यक्ष बाबा बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्रष्टाहरू विप्लव ढकाल, विमल भौकाजी, फूलमान बलले विमोचित कृतिहरूबाट केही कविताहरू वाचन गर्नुभएको थियो ।
प्रतिक्रिया