आदिकवि क्याम्पसलाई पुस्तक हस्तान्तरण

इनेप्लिज २०७२ असार ६ गते ४:०७ मा प्रकाशित

तनहुँ, ६ असार । जिल्लाकै जेठो क्याम्पसका रुपमा परिचित व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसलाई एक शिक्षाविद्ले शनिबार २५० थान पुस्तक हस्तान्तरण गर्नुभएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखराबाट हालै सेवानिवृत्त सहप्राध्यापक गोविन्दप्रसाद जोशीले विभिन्न विधाका ती पुस्तक क्याम्पसलाई हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा हालै प्राध्यापकमा बढुवा हुनुभएका सो क्याम्पसका प्राध्यापक एवम् सहायक क्याम्पस प्रमुख दीपकचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया