डिसीमा भूकम्प बारेमा नेपाली अभियन्ताहरुको गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ असार ५ गते २३:३५ मा प्रकाशित

IMG_0219 - Copy

अमेरिकामा रहेका ईञ्जिनियर्स (अभियन्ता)हरुको संगठन अमेरिकन सोसाइटी अफ नेपालिज़ इन्जिनीयर्स ,ग्रेटर वाशिंगटन डिसीको आयोजनामा नेपालको भूकम्प बिषयमा गोष्ठी कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

उक्त गोष्ठी कार्यक्रममा शाखाका पूर्व अध्यक्ष अभियन्ता ठाकुर ढकालले अर्थक्वेक प्रिपेयर्डनेस एण्ड रिलिफ इन नेपाल (नेपाल भूकम्प तत्परता तथा आपत् राहत )एक दृष्टिकोण शोधपत्र बारेमा बोलेका थिए l

उनले उक्त पुस्तकको बारेमा चर्चा गर्दै अमेरिकामा रहेका संस्था संग आबद्ध प्रख्यात अभियन्ताहरु रमेश मल्ल ,कन्हैया कायस्त ,सुनिल शर्मा तथा सुरेश प्रसाद ओझा बाट तयार गरिएको सोध पत्र पुस्तक भूकम्पको लागि धार्मिक ग्रन्थ गीता जस्तै उपयोगी हुन् सक्ने दाबी गरेका छन् l

अमेरिकन सोसाइटी अफ नेपालिज़ इन्जिनीयर्स ,अमेरिका नेपाल मेडिकल फ़ाउन डेसन तथा कम्प्युटर एसोसिएसन अफ नेपाल -यु एस ए को पहलमा प्रकाशित उक्त सोध पत्र पुस्तक निकै काम लाग्ने छ भनि ढकालले बताए l उक्त पुस्तक हाल १ हजार प्रति बनाईएको छ भन्दै नेपालमा छिट्टै पत्रकार भेटघाट कार्यक्रम गर्ने ,बिशेष संघ /संस्था तथा सम्बन्धित कार्यालयलाई वितरण गरिने बताए l

IMG_0212

शाखाका अध्यक्ष दिपेन्द्र पोख्रेलले भूकम्पबाट हामी प्रभावित भएका छौ भन्दै धरहरा फेरी बन्नु पर्ने विचार राखेका थिए l  अमेरिकाको फेयर फ्याक्स काउन्टी सर्च एंड रेस्क्यु समुहका अभियन्ताहरु टम म्याकलौगलिन तथा जन टंगले नेपालको भूकम्प पछिको उनीहरुले गरेको अनुसन्धान ,खोज र उनीहरुले गरेको कामको बारेमा जानकारी गराएका थिए l

दुई मध्ये एक अभियन्ता जनले नेपाल सुरक्षाको दृष्टिकोणले हैटी भन्दा राम्रो अवस्था रहेको बताए l उनले अगाडी भने नेपालमा राति पनि हिडडूल गर्न सकिने छ भने तर हैटिमा बन्दुक लिएर पनि हिड्ने समूह भएकोले राती बाहिर निस्कीदैनौ थियौ भने l

दुवै लाई उनीहरुको कामको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो भने उनीहरुलाई प्रसंशा पत्र नेपाली दुताबासका मिनिस्टर /कन्सुलर नारायण प्रसाद मैनालीले प्रदान गर्नु भएको थियो l

IMG_0206 - Copy

उक्त गोष्ठीमा मैनालीले नेपाल सरकारको तर्फ तथा राजदुताबासको तर्फ बाट दुवैलाई धन्यवाद दिदै नेपाल सरकार अमेरिकन सरकार बाट अझ अपेक्षा गर्छ भन्नु भयो l ६० वटा भन्दा ज्यादा देशले सहयोग गरेको जानकारी दिदै ईतिहासमा नेपालका एक राजा भूकम्पबाट नै मृत्यु भएको जानकरी गराउनु भयो l

प्रवासमा बस्ने नेपाली समुदायले अत्यधिक राम्रो भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकारले भूकम्प सम्बन्धि अल्पकालिन तथा दिर्घकालिन योजना बनाई रहेको उल्लेख गर्नु भयो l

एक महिला अभियन्ता सुनिता अमात्यले नेपालमा आफुले बनाएको एउटा घर पनि नभत्केको चर्चा गर्नु भएको थियो भने कार्यक्रम संचालक मंगल महर्जनले पनि आफुले बनाएको घर वरपर धेरै भत्किएको तर आफु अभियन्ता भएकोले भूकम्पको विचार गरि बनाएकोले आफ्नो घर पनि सुरक्षित भएको बताए l

IMG_0214 - Copyकार्यक्रममा प्रश्न उत्तरको पनि कार्यक्रम राखिएको थियो भने नेपाल बाट फर्केका दुई अभियन्ताले जिज्ञाशाको उत्तर दिएका थिए l संस्थाका अभियन्ता डिल्ली न्यौपानेले प्रश्न उत्तर कार्यक्रमको जिम्मेबार बहन गरेका थिए l

kohinoor 029

kohinoor 014

kohinoor 003

kohinoor 035

kohinoor 022 - Copy

प्रतिक्रिया