कलैया, ५ असार । बाराको प्रसैनी गाविस–१ नकटुवास्थित गण्डकनहरको ढिप्रुमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेलापरेको छ ।
स्थानीयवासीले बिहान उक्त ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको पहिचान खुल्न नसकेको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरेर फालेको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया