तनहुँ, ५ असार । केही दिनअघि आएको हावाहुरीले जिल्लाको अरुणेदय गाविस–३ स्थित सिद्ध प्राथमिक विद्यालयको छाना उडाएपछि विद्यार्थीको विचल्ली भएको छ ।
गत जेठ ११ गते आएको हावाहुरीले विद्यालय र शौचालयको जस्तापाता उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक राजन पौडेलले जानकारी दिनुभयो ।
सो विद्यालयको जस्ता उडाएपछि भवनसमेत जोखिमपूर्ण बनेको छ शिक्षक पौडेलले भन्नुभयो, “विद्यार्थीहरुलाई स्याउलाले बारेर पढाउनुपरेको छ ।”
छानोविहीन गारोमा पानी पर्न थालेपछि जति बेला पनि ढल्न सक्ने खतरा भएकाले पटक पटक जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएपनि सहयोग नपाउँदा कार्यान्वयन हुन नसक्दा विद्यार्थी मारमा परेको उहाँको भनाइ छ ।
प्रतिक्रिया