दुबईमा नेपालीको सगरमाथा रेष्टुरेण्टद्वारा भूकम्प पीडितलाई राहत सहयोग

इनेप्लिज २०७२ असार ४ गते ११:३२ मा प्रकाशित

150619411गत महिना नेपालमा गएको महाभूकम्पमा परेका पीडितहरुका लागि विभिन्न ठांउबाट सबैले आ–आफ्नो सक्दो सहयोगहरु जुटाई रहेका बेलामा विगत ३ बर्षदेखि युएईस्थित कार्यरत नेपालीहरुका साथ विदेशीहरुलाई पनि विभिन्न नेपाली परिकारका स्वादहरु पस्कदै आएका दुबईस्थित संचालित नेपालीको सगरमाथा रेष्टुरेण्टले आर्थिक तथा राहतका सामानहरु सहयोग गरेका छन् ।

150619414 उक्त सहयोग दुबईमा गत १३ जुन शनिबारका दिन नेपालीको सगरमाथा रेष्टुरेण्टका संचालक ईश्वरप्रसाद उपाध्याय, महेन्द्र पौडेल र हरिश चन्द्रले संयुक्त रुपमा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र धादिङ जिल्लाका १० जना स्टाफलाई नगद १ लाख २० हजार रुपैयां र  सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष विदुर न्यौपानेलाई लगभग २ लाख बराबरको राहतका सामानहरु हस्तान्तरण गरेको हो ।

150619416

 विदेशको भूमिमा पनि नेपाली झण्डालाई चिनाउंदै नेपाली तथा विदेशीहरुलाई नेपाली विभिन्न परिकारका खानाहरुको स्वाद पस्कदै नेपालीहरुको पहिचानलाई उजागर गरेको पाईन्छ ।

150619417युएईस्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएको छ भने नेपाली १० जना कामदारलाई समेत रोजगार दिएका छन् ।

 विश्वको नै अग्लो नेपालको गौरव सगरमाथाको नाम राखेर खोलिएको रेष्टुरेण्टले खानाको उत्तम स्वाद दिलाउंदै समाजसेवा र मानविय उद्धार जस्तो कार्यमा पनि निकै सहभागिता जनाई रहेको देखिन्छ ।

SlC-exam1

प्रतिक्रिया