बुधबार, माघ ५ २०७८
काठमाडौं १६:५८
वासिङटन डिसी 06:13

करेन्ट लागेर मिस्त्रीको मृत्यु

इनेप्लिज २०७२ असार ४ गते ४:४० मा प्रकाशित

ElectricalSafety-300x254गौशाला, ४ असार । महोत्तरीको धमौरा गाविसस्थित जनता माध्यमिक विद्यालयमा आज बिहान करेन्ट लागेर एक मिस्त्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहारको मोतिहारी ग्रामपञ्चायत चिकनी घर भई जनता माध्यमिक विद्यालय धमौरामा मिस्त्रीको काम गर्दै आएका २२ वर्षीय विनोद पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मिस्त्री पासवानले आज बिहानै पानी तान्ने पम्पबाट पानी तान्न खोज्दा पम्पमा करेन्ट प्रवाहित भई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते पासवानलाई उपचारको लागि अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया