शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:०६
वासिङटन डिसी 11:21

नागरिकताको अभावमा वृद्धा भत्ताबाट वञ्चित

इनेप्लिज २०७२ असार ४ गते ४:२५ मा प्रकाशित

nepali nagariktaपाल्पा, ४ असार । कोलडाँडा गाविस–७ की सुमित्रा विश्वकर्माले ८१ वर्षको उमेरमा अझै वृद्धा भत्ता पाएकी छैनन् । नागरिकताको अभावमा उहाँ वृद्धा भत्ता पाउनबाट वञ्चित हुनुभएको हो ।

सुमित्राको नागरिकता बनाउन जान पैसाको अभावले नागरिकता बन्न सकेको छैन । कोलडाँँडा गाविसबाट जिल्ला सदरमुकाम तानसेन जान तीन घण्टामा पुग्न सकिन्छ ।

सरकारले ६० वर्षदेखिमाथि नागरिकलाई मासिक रु ५०० सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । अहिलेसम्म वृद्धा भत्ता नपाएको उहाँको गुनासो छ ।

प्रतिक्रिया