म्याग्दीका पहिरो पीडितलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ असार ४ गते ४:२३ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ४ असार । म्याग्दीको भगवती–२ र राम्चे–९ बैसरीका पहिरो पीडितहरूलाई बिहीबार रु छ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

अपर डाँकी हाईड्रोपावर कम्पनी र अपर कालीगण्डकी जलविद्युत् आयोजनाले जेठ १० गते काफलडाँडाको पहाडबाट खसेको पहिरोले बस्ती पुरेपछि घरबारविहीन भएका बैसरीवासीको पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

अपर डाँकी हाईड्रोपावरका प्रबन्ध निर्देशक दिव्यमान श्रेष्ठ र अपर कालीगण्डकी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक लियाङ थोङसहितको टोलीले बिहीबार उक्त रकम प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई हस्तान्तरण गरेको हो ।

सोही अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट आटा, बिस्कुटलगायतका खाद्य सामग्री पनि वितरण गरिएको थियो । पहिरोले बस्ती पुरिएपछि बैसरीका २६ घरधुरी पिप्ले–४ स्थित खोरिया सामुदायिक वनको राहुपारेमा अस्थायी टहरा बनाएर बसेका छन् ।

प्रतिक्रिया