आठ विद्यालयमा वैकल्पिक कक्षाकोठाबाट पढाइ सुरु

इनेप्लिज २०७२ असार ४ गते ४:२२ मा प्रकाशित

Jhapa_nepal-mapदमक, ४ असार । भूकम्प र हावाहुरीका कारण झापाका आठवटा सामुदायिक विद्यालयमा अहिले वैकल्पिक कक्षाकोठाबाट पठनपाठन थालिएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त ती विद्यालयको दर्जनौँ कक्षाकोठामा पठनपाठन गर्न असुरक्षित भएपछि ती विद्यालयमा टहरा निर्माण गरी नियमित पठनपाठन थालिएको हो ।

जिल्ला शिक्षा कार्यालय झापाका अनुसार गत वैशाखमा आएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त भएका विद्यालय वैकल्पिक कक्षाकोठाबाट पठनपाठनको व्यवस्था गरिएको छ ।

ती विद्यालयमा वैकल्पिक कक्षाकोठा बनाउन रु २५ हजारदेखि रु दुई लाखसम्म खर्च गरिएको छ । यस्ता कतिपय विद्यालयहरुको कक्षाकोठा बनाउन स्थानीयस्तरबाट समेत काम भएको जिशिकाले जनाएको छ ।

वैकल्पिक कक्षाकोठा बनाएर कक्षा सञ्चालन हुने विद्यालयमा दमकको दिपीनी निमावि, वैगुन्धुराको बलभद्र प्रावि, धाइजनको बलभद्र उमावि, भद्रपुरकै कृष्ण प्रावि, पशुपति निमाविलगायत छन् ।

यसैगरी भद्रपुरको भद्रपुर उमावि, गौरीगञ्जको गौरीगञ्ज माविमा वैकल्पिक कक्षाकोठाबाट पढाइ थालिएको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया