उत्तरी क्यालिफोर्नियामा आफ्नो कार्य क्षेत्र बनाई आएको नेपालीहरुको पुरानो संस्था ‘नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (न्यान्स) भन्ने पुरानो संस्थाले July 19,2015 आईतवारका दिन भव्यताका साथ ‘भानु जयन्ती मनाउने निर्णय गरेको छ । न्यान्सकै अग्रसरतामा साहित्य प्रति रूची राख्ने व्यक्तित्वहरूलाई समेटेर ‘भानु जयन्ती ‘ समारोह समिति उक्त संस्थाले गठन गरेको हो । संस्थाका कोषाध्यक्ष राम बाबु आचार्यको संयोजकत्वमा सात सदस्यीय भानु जयन्ती समारोह समिति-२०१५” गठन गरिएको हो ।
उक्त संस्थाले यस बर्ष आदिकवि भानुभक्त आचार्यबाट नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै सो कार्यक्रममा कबिता, गजल र गीतलाई समावेश गरिने भएको छ ।क्यालिफोर्नियाका बिभिन्न शहरमा बसोबास गरी नेपाली साहित्यमा कलम चलाउने व्यक्तित्वहरु ध्रुव थापा(बर्क्ली), हरिहर दाहाल(सन्निवेल), सर्बज्ञ वाग्ले(सान पाब्लो), बिष्णु गुरुङ ‘एकता’(रिचमण्ड), बासु ढकाल(उड्ल्याण्ड) र तोया दाहाल(सन्निवेल) सदस्य रहनु भएको ७ सदस्यीय “भानु जयन्ति समारोह समिति नामाकरण गरिएको छ।
कार्यक्रम स्थलको तय भए पछि जानकारी गराउने गरि हाललाई सम्पूर्ण नेपाली भाषा प्रेमी, साहित्य प्रेमीहरुलाई कबिता, गजल र गीत समावेश गरि सहभागी भई मातृभूमि नेपाल र नेपाली भाषासंगको अगाध सम्बन्ध मजबुत बनाउन र कार्यक्रम सफल बनाई दिन नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया र भानु जयन्ती समारोह समितिले सादर अनुरोध गरेको छ।
प्रतिक्रिया