तीस किलो चरेससहित पक्राउ

इनेप्लिज २०७२ असार ३ गते ६:०५ मा प्रकाशित

Chares-brown-sugerपर्सा, ३ असार । नेपालबाट भारततर्फ लैजाँदै गरिएको लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको जगरनाथपर–५ बाट प्रहरीले आज बिहान ३० किलो तौल बराबरको चरेससहित पर्साकै जगरनथपुर गाविस–६ निवासी सोनुबाबुप्रसाद यादवलाई पक्राउ गरेको हो ।

पर्साको ग्रामीण भेगबाट खरिद गरिएको लागुऔषध बिआर ०० एम ००२१ नम्बरको भारतीय मोटरसाइकलमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको पूर्व सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिगएको टोलीले यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमले जानकारी दिनुभयो ।

चरेस र मोटरसाइकलसहित यादवलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया