खोला उत्खनन गर्न निषेध

इनेप्लिज २०७२ असार २ गते ४:३८ मा प्रकाशित

stone-crisher-factory-hetau_20120123095157काँकडभिट्टा (झापा), २ असार । झापा जिल्ला विकास समितिले आगामी तीन महिनासम्म खोलाबाट ढुङ्गा, बालुवालगायतका निर्माण सामग्री उत्खनन गर्न रोक लगाएको छ ।

झापा जिल्लाका स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा सरकारले खोला उत्खनन गर्न नदिने निर्णय गरेको बताउनुभयो ।

चुरे क्षेत्रको वातावरण संरक्षण तथा जमिन कटान रोक्ने उद्देश्यले सरकारले गत वर्षदेखि बर्खाका तीन महिना खोला उत्खननमा प्रतिबन्ध लगाउँदै आएको हो ।

झापाका मेची, निन्दा, हडिया, विरिङ, टाङटिङ, रतुवा, मावालगायतका खोलामा निर्माण सामग्री उत्खनन हुँदै आएको छ ।

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक सङ्घको निन्दा खोला एकाइ समितिका अध्यक्ष रामबहादुर राईले सरकारको यस्तो निर्णयले झापामा मात्र चार हजारभन्दा बढी मजदुरको रोजीरोटीको आधार गुम्ने बताउँदै निर्णयमा पुनर्विचार गर्न माग गर्नुभयो ।

पूर्वी नेपाल ट्र्याक्टर सङ्घ मेचीका अध्यक्ष सन्तोष मेचेले झापा र इलामका चार हजार ट्र्याक्टर कामविहीन हुने जनाउँदै साउनदेखि मात्र खोला उत्खनन रोक्नु उचित हुने सुझाव दिनुभयो ।

प्रतिक्रिया