गङ्गामाया अधिकारीद्वारा सूचना पाउँ भनी निवेदन

इनेप्लिज २०७२ असार १ गते १४:२५ मा प्रकाशित

ganga-mayaकाठमाडौँ, १ असार । छोराको हत्यामा संलग्न दोषीमाथि कारबाही भए/नभएका बारेमा सूचना पाउँ भनी अनसनरत गङ्गामाया अधिकारीले सूचना अपलब्ध गराई पाउँ भन्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिनुभएको छ ।

गोरखा फुजेल–८ मा हत्या गरिएका कृष्णप्रसादको आमा गङ्गामायाले प्रहरी प्रधान कार्यालय, नक्सालका सूचना अधिकारीलाई सम्बोधन गर्दै सोमबार सूचना माग गर्नुभएको एडभोकेसी फोरम नेपालले जनाएको छ ।

निवेदनमा पर्शुराम पौडेलसमेतका अभियुक्तलाई तारेखमा छाडिएको अवस्थामा पति/पत्नी अनसन बसेको र अनसनकै क्रममा मृत्यु भएको र जाहेरवालामध्येका जेठा छोरा नुरप्रसाद अधिकारीसमेत सम्पर्कविहीन भई बसेको अवस्थामा चितवन जिल्ला अदालतबाट मुख्य अभियुक्त छविलाल पौडेल समेतलाई तारेखमा छाडेको देखिएको हुँदा परिवारले न्याय नपाउने निश्चित जस्तो भएकाले न्यायका लागि आमरण अनसनमा बस्ने निर्णय गरी सकेको उल्लेख छ ।

गङ्गामायाको कान्छो छोरा कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते चितवन मारिएका थिए ।

मृतकको आमाका नाताले सूचनाको हकसम्बन्धी ऐन, २०६४ भएको व्यवस्थाअनुसार आफू ट्रमा सेन्टरमा अनसनरत भई अस्वस्थ भएकाले निवेदन दर्ता गर्न आफू उपस्थित हुन नसक्ने भएको हुँदा आफ्नो प्रतिनिधि विकास बस्नेतलाई पठाएको निवेदनमा लेखिएको छ ।

प्रतिक्रिया