आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:०२
वासिङटन डिसी 22:17

मोटरसाइकलको ठक्करबाट मृत्यु

इनेप्लिज २०७२ असार १ गते १४:०८ मा प्रकाशित

accident-signउर्लाबारी, १ असार । मोटरसाइकलले ठक्कर दिँदा आज दिउँसो मोरङ, उर्लाबारी–४ का डम्बर गुरुङको मृत्यु भएको छ ।

झापाको दमकबाट उर्लाबारीतर्फ आइरहेको मे ४ प ७१२० नम्बरको मोटरसाइकलले बाटो काटिरहेको अवस्थामा गुरुङलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक जीवनकुमार मैनालीले जानकारी दिनुभयो ।

गुरुङलाई ठक्कर दिने मोटरसाइकलसहित चालक दमक–११ का मनिष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया