सुख्खा बन्दरगाहमा आगलागी

इनेप्लिज २०७२ असार १ गते १३:५७ मा प्रकाशित

aaglagi1वीरगन्ज (पर्सा), १ असार । वीरगन्जको सुख्खा बन्दरगाहमा आज अपराह्न आगलागी भएको छ ।

सुख्खा बन्दरगाहको खुला स्थानमा रहेको मालबाहक कन्टेनरमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

अपराह्न करिब ४ बजेतिर आगलागी हुँदा ना ४ ख ६८३१ नम्बरको कन्टेनरमा आगलागी भएको थियो । लाइटर लोड गरिएको अवस्थामा अकस्मात आगलागी भएको सुख्खा बन्दरगाहका कर्मचारीहरुले बताएका छन् ।
आगलागीमा परी उक्त कन्टेनरमा सहचालक वृजेशकुमार यादव घाइते भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

भारतबाट रेलमार्ग हुँदै नेपाल भित्रिएको लाइटर काठमाडौँ पठाउने तयारी भइरहँदा विस्फोट भएको थियो । आगलागीबाट एक करोड मूल्य बराबरका क्षति भएको बन्दरगाहले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया