उपचारका लागि ओली बैंकक जाँदै

इनेप्लिज २०७२ असार १ गते १२:१८ मा प्रकाशित

kp-oli2काठमाडौँ, १ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्यान्ड जानुहुने भएको छ ।

फङ्गल सङ्क्रमणका कारण गत वर्ष अस्वस्थ्य हुनुभएका नेता ओली यसअघि पनि उपचारका लागि अमेरिका, थाइल्यान्डलगायतका मुलुक जानुभएको थियो । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार अध्यक्ष ओली सो दिन मध्याह्न बैंकक प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया