दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

इनेप्लिज २०७२ असार १ गते ९:१७ मा प्रकाशित

pakraauगौशाला, १ असार । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित मरहा पुलबाट सोमबार प्रहरीले दुईकिलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको मुजेलिया– १६ बस्ने ४१ वर्षीय सुनिल सोनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

नेपालबाट अवैध रुपमा भारततर्फ चाँदी तस्करी गर्न लागेका सोनीलाई इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी नायब निरीक्षक रामबाबु राय यादवको नेतृत्वमा खटिगएको प्रहरी टोलीले गौशाला– ८ स्थित मरहा पुलमा शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट दुई किलो चाँदी बरामद भएको प्रहरी निरीक्षक मच्छिन्द्र केसीले बताउनुभयो ।

चाँदीसहित पक्राउ परेका भारतीय नागरिक सोनीलाई गएराति ८ बजे आवश्यक कारबाहीका लागि जिल्ला मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाइएको छ ।

प्रतिक्रिया