हिन्दू आन्दोलनको लागि नेपाली जनता नेता खोजी रहेछन्

इनेप्लिज २०७२ असार १ गते ६:०४ मा प्रकाशित

पार्टीका नेताहरूले संविधानका विवादित मुद्धाहरूमा सहमति भयो अब संविधान बन्छभनेर भनिरहेकै बेला विभिन्न तर्कहरू उठ्न थालेका छन् । हुनलाई नेपालीराजनीतिक पार्टीका नेताले भनेको वा सहमति गरेको कुरामा कति सत्यता हुन्छ र भएका

सहमतिलाई उनीहरूकति कार्यान्वयन गर्छन भन्ने कुरा नेपाली जनताले राम्रोस“गबुझिसकेका तथा जानिसकेका छन् । तर पनि यति हु“दाहु“दै केही न केही नगरीराजनीतिक पार्टीलाई सुखपनि छैन, त्यसैले राजनीतिक दललाई केही त गर्नै पर्ने

अवस्था पनि सृजना भएको छ । लागू होस वा नहोस संविधानको कागजलाई नाटकशालाकोजस्तो व्यवहार हुने गरेको अहिलेको संविधानसभाबाट कुनै नाटक मञ्चन गरी घोषणागर्ने काम भयो भने सो नाटकबाट पनि मस्ति लिने भनेको तिनै देश र जनताप्रतिगैरजिम्मेवार रहेका कथित नेताहरूनै हुन्, जनता र देशलाई त जे हु“दा पनि भय, त्रास,डर र घाटा नै भइरको छ । अब पनि यो पाराले सुख शान्ति हुन्छ भनेर भन्न सकिने

ठाऊ“ देखि“दैन ।देश अहिले महाभूकम्पको चपेटामा परेर घायल छ, यही भूकम्पको मौका छोपेरराहतको नाममा नेपाल र नेपालीको अस्मितामाथि खेल्वाड गर्ने विदेशी मिसनहरूकोचलखेलका गतिविधि निकै बढेर गएको छ । जसलाई राज्य, राजनीतिक दलहरूमौन रूपमासहमति दिइरहेका देखिन्छन् । राहतको पोकामा बाइबल राखेर क्रिश्चियानिटीको प्रचार

गर्ने, क्रिश्चियन भए मात्रै राहत दिने नत्र नदिने, भूकम्पले भत्किएका घर बनाउ“दापनि धर्म परिवर्तन गरी क्रिश्चियन भएमा बनाइदिने नत्र नबनाइदिने आदि जस्तानेपालको मौलिकता, नेपाली स्वधर्म, संस्कृति विरुद्धका खेलहरूयस्तो दुदर्शाको अवस्था

छोपेर भइरहेका छन् । महाभूकम्पले घायल भएर जनताहरूछट्पट्याइरहेको मौकाछोपेर नेपालका राजनीतिक दललाई सहमतिको नाटक मञ्चन गर्न लगाई चा“डोभन्दाचा“डो संविधान घोषण गर्न विदेशी मिसनका शक्तिहरूले दबाब दिइरहेको

बुझिएको छ । ताकि यतिबेला अर्थात भूकम्पको महासन्त्रासले नागरिकहरूआक्कु नव्याक्कु भएको बेला, जनहित तथा राष्ट्रहित विपरित हुने चलखेलमा जनताको तर्फबाटबिरोध तथा प्रतिकार नसकून । यसैलाई मौका छोपेर विदेशी मिसेनरीहरूले नेपालमाथिगम्भीर रूपमा षड्यन्त्रको गोटी चाल्दैछन् । यहा“का नेता भनाउ“दाहरूआफ्नोविवेकबाट सञ्चालित नभएर बाहिरको ईसारामा सञ्चालित हुने हुन् भन्ने कुरा प्रमाणितभइसकेको कुरा हो । बाहिरबाट यी यी मुद्धामा नमिल भने नमिल्ने, र अब मिल भनेमिल्ने गर्ने गरेका कथित नेतावर्ग अर्थात राजनीतिक शक्तिलाई यतिबेला सहमति गर्न

बाहिरबाट स्कूलिङ्ग भएको भान भइरहेको छ ।हैन भने यस्तो बेलामा कुनै पनि विवादित मुद्धाको बारेमा तटस्थ रहेरमात्रै संविधानबनाउनु पर्नेमा भूकम्पले जनशक्ति कमजोर भइरहेको मौका पारेर असार साउनको

झरिपर्ने तथा खेतिपातीको मौसममा जनता खेतबारीमा हुने समयमा संविधानको खोस्टोलागूगर्ने कपट नियतमा राजनीतिक शक्ति रहेको बुझिएको छ । अर्कोतर्फधर्मको बारेमा नेपालले परापूर्वकालदेखि अप्नाउ“दै आएको विश्वका धर्महरूको

गुरुधर्म सनातन वैदिक धर्मलाई नै प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यतालेठूलोरूपमा प्रसय पाइरहेको देखेपछि पनि यो मान्यताको विपरितरूपमा विदेशीहरूबाट

आएको धर्मनिरपेक्ष संविधान घोषणा गर्ने मौका यही हुनसक्ने उनीहरूको सो“च

रहेको बुझिएको छ ।सनातन वैदिक धर्म नै विश्वको गुरुधर्म हो भन्ने कुरामा विश्व अनभिज्ञ छैन । विश्वका

विकसित देशमा अहिले सनातन वैदिक धर्मको अध्ययन अध्यापन हुन थालेको छ । महर्षिवैदिक फाउण्डेशन अन्तर्गत विश्वभरी सञ्चालन भएका गुरुकूल, विद्यालय,महाविद्यालयहरूर जर्मन, ब्रिटेन, अष्टे«लिया, अमेरिका, क्यानडालगायतका मुलूकहरूमासञ्चालन भएका सनातन वैदिक हिन्दू धर्मदर्शन तथा शास्त्रका अध्ययन केन्द्रहरूयसकाउदाहरण हुन् । फेरि पनि बुद्धधर्मको केन्द्र, किरा“त धर्मको केन्द्र, विश्वमैएकमात्र हिन्दूराष्ट्र मानिएर रहेको देश किन धर्म निरपेक्ष हुनपर्ने ? किन

धर्मनिरपेक्ष संविधान लेख्न विदेशीहरूले दबाब दिने ? ता कि संसारमा सबै धर्मकाधर्म राष्ट्रहरूछन्, मात्रै हिन्दू राष्ट्रको रूपमा एकमात्र रहेको देश नेपाललाईधर्म निरपेक्ष गर्न किन खोजि“दै छ ? यस पक्षमा क्रमशः बुद्धिजीवि क्षेत्रले चेष्टा गर्न त

खोजिरहेको छ, तर ढिलो पनि भइसकेको विश्लेषकहरूबताउ“छन् ।अन्तरिम संविधानमा प्रस्ताव गरिएको धर्मनिरपेक्षतालाई नेपाली जनताले कदापि स्वीकारगरेको देखि“दैन । पहिलो संविधानसभाले संविधान दिन नसक्नुमा धर्मनिरपेक्षताको

एजेण्डा पनि एउटा कारण थियो । आदिमकाल देखि अप्नाउ“दै आएको धर्मलाईएकाएक मासेर अर्को धर्मलाई प्रसय दिने खालको जुन चलखेल हुन गइरहेको छत्यसबाट हुने घाटाको बारेमा नेपालीजनताले राम्रोस“ग बुझिसकेका तथा बुझ्न

थालेका पनि छन् । बरु भए बसौंला नभए विदेशतिर जाउ“ला भनेर विदेशमा धनसम्पत्तिथुपारेका नेताहरूले राष्ट्रधर्म, राष्ट्रियता, संस्कृतिको के कति सम्बन्ध हुन्छ त्योबुझ्न सकेको तथा खोजेको खासै देखि“दैन । उनीहरूमा मात्र कमिसनको मतलबदेखिन्छ, स्वार्थको मतलब देखिन्छ, राष्ट्र चिन्ता देखि“दैन ।यतिबेला नेपाली नागरिकले एमाले, का“ग्रेस लगायतका दलका नेताले चुनाबका दिनमाहिन्दूधर्मको संरक्षण र धर्मनिरपेक्षता नराख्ने बारेमा दिएको आश्वासन पूरा गर्न

सक्छन् कि सक्तैनन् कुरेर बसेका छन् । त्यसो त माओवादी पार्टीहरूभित्र पनिधर्मको विषयमा अन्तद्वन्द शुरुभएको छ । हिजो विदेशी सामराज्यवाद विस्तारवादको विरुद्धबन्दुक उठाएको पार्टीले स्वदेशको धर्मलाई मासेर परधर्मलाई प्रसय दिन नहुने

कुरामा माओवादी पार्टीहरूका नेता कार्यकर्ताहरूले अनौपचारिक अभिव्यक्तिदिइसकेका छन् भने विभिन्न विभागीय प्रमुखहरूखुलेरै हिन्दूराष्ट्रको पक्षमाउभिइसकेका छन् । पूर्व लडाकुलगायतका प“क्तिहरूले विगतमा पार्टीले

आफूहरूलाई दिएको प्रशिक्षणमा देशको मौलिकता मास्नेखालको कुनै पनि मुद्धापार्टीको नभएको स्कूलिङ्ग गरिने गरेकोमा युद्धलाई विसाएर सार्वजनिक भएपछिपार्टीले आफूहरूलाई दिएको भन्दा अलग खालका मुद्धाहरूलाई प्रसय

दिइरहकोमा आफूहरूलाई चित्त नबुझिरहेको बताउन थालेका छन् । चित्तनबुझेका मुद्धामा हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्षता गर्ने एजेण्डा प्रमुख रहेकोउनीहरूबताउ“छन् ।पार्टीहरूका मध्यमार्गी नेताहरूले देशको मौलिक धर्मलाई सम्बोधन गरेर नै

संविधान लेख्नपर्ने तर्फ आफ्नो पाटीभित्र विचार राख्ने गरेको बताइसकेका छन् ।नेपाली का“ग्रेसभित्र पूर्वमन्त्री खुमबहादुर खड्काको प्रमुखत्त्वमा सनातनहिन्दूराष्ट्र स्थापना महाअभियान नै सञ्चालन भएको छ । जसमा वर्तमान मन्त्री

परिषद्मा रहेकालगायतका धेरै सभासद् तथा नेता कार्यकर्ता रहेको सर्वविदित कुरा नै हो ।एमालेभित्र मोदनाथ प्रश्रितलगायत वर्तमानमा पार्टीको संस्थापन पक्षमा रहेका धेरैनेताहरूपर्छन् । कतिले सार्वजनिक अभिव्यक्ति नदिएपनि व्यक्तिगत भेट्घाट आदिमाधर्मनिरपेक्ष हुन नहुने र धर्मनिरपेक्षताको विरुद्ध सडकबाट आवाज उठे आफूहरूलेसदनमा हिन्दूधर्म सापेक्षताको पक्षमा बोल्ने तथा भूमिका निर्वाह गर्ने बताएका छन् ।यसै गरी सि.पि. गजुरेललगायतका माओवादी नेताहरूले पनि सेकुलरको शाब्दिक अर्थगर्दा गल्तिभएको र यसलाई धार्मिक स्वतन्त्रता भन्ने गर्नुपर्ने अभिव्यक्ति दि“दैआएका छन् । यसै गरी एमाओवादीभित्र पनि धेरै यस्ता नेताहरूछन् जसले हिजोकादिनमा विदेशी सामराज्यवादको विरुद्ध लड्न सिकाएको आफ्नो पार्टीले अहिले आएरआफ्नो धर्मलाई हटाएर परधर्मलाई महत्त्व दिने खालको विदेशी

सामराज्यवादलाई प्रसय दिने काम गर्छ भने त्यसको पार्टीभित्रै विरोध गरिने तथाकुनै पनि हालतमा मौलिकता लोप गर्न नपाइने र त्यसो गर्न खोजिए पार्टीभित्र कडाविद्रोह सृजना गरिने बताउन थालेका छन् ।विदेशीको पैसा खाएर यो देशको मुख्य पहिचान हिन्दू राष्ट्रलाई फाल्ने अनिफेरि तथानाममा पहिचानको कुरा उठाउने पार्टीको नेतृत्त्व पक्षमाथि तत्तत् पार्टीका

कार्यकर्ता तहबाट धावा बोल्नसक्ने सम्भावना अनुमान गर्न सकिन्छ । ईतिहासका यस्ताजटिल स्थितिमा उपयुक्त भूमिका निर्वाह गर्न नसके भोलीका दिनमा जनताले के भनेरपत्याउने ? राजनीति गर्ने समपना देखेका जो कोहीले पनि होस पुर्याउनुपर्ने कुराहो । नेपालमा विदेशी चलखेलले सयभन्दा बढी पार्टी बनेका छन् त्यो नेपालकोहितको पक्षमा छैन, खाली त्यो तिनै विदेशी मिसनरीहरूको हितमा छ जसले नेपालमानेपाली एकआपसमा लडेर, फुटेर गृहद्वन्द भइरहोस र आफूहरूले चलखेल गर्न

मिलिरहोस भन्ने चाहन्छन् ।वास्तविकतालाई चिन्तन गर्दा नेपाललाई हिन्दूधर्मको मुख्यस्थलको रूपमा जसरी

विगतमा चिनि“दै आएको हो, सोहीबमोजिमको पहिचान कायम राख्न पर्छ भन्नेमा आमसर्वसाधारण रहेकोमा दुईमत छैन । भलै केही निश्चित व्यक्तिहरूआयातित विचार रबाह्य चारोको भरमा ठूलो स्वरले धर्मनिरपेक्षताको वकालत गरीपनि रहेका छन् रउनीहरूको डलरको विषाक्त डकारलाई केही मिडियाले पनि उचालेको तथ्य जनताले

मुल्याङ्कनपूर्वक बुझिराखेका छन् ।नेपाललाई हिन्दूराष्ट्रको रूपमा कायम राख्न पर्ने पक्षमा पछिल्लो समयमा आएर

नेपाली का“ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टीभित्र ठूलो शक्तिनिर्माण गरेका छन् । भलै राजनीतिक दाउपेचबाट भ्रष्टाचारको मुद्धा समेत खेपिसकेकाखड्काको व्यक्तित्त्वप्रति मान्छेहरूले केही अलग रूपमा हेर्ने गर्थे, तर खड्काकोव्यवहारमा कुनै पनि खालको हिनता देखिएन बरु उनले आफ्नो सफाई सञ्चारका

माध्यमबाट स्पष्ट राख्दै गए जसले पार्टीभित्रका नेता कार्यकर्ता तथा नेपाली जनताकोउनीप्रतिको झुकाव पूर्ववत् पाइयो । साथै सञ्चारक्षेत्रले उनीको बारेमा पस्केकोवास्तविकताले पनि खड्का भ्रष्टाचारको नाममा परिबन्दमा परेका मात्रै रहिछन् वास्तविक रूपमादोषी हैनन् भन्ने कुरा प्रमाणित हु“दै गएको छ । भ्रष्टाचारकै कुरा गर्ने हो भने

पनि लाउडा, धमिजा लगायतका विभिन्न काण्डहरूगुपचुप भए, कस्ता कस्ता मुद्धाहरूलाईसर्वोच्चले पनि अगाडि नै बढाएन । कस्ता कस्ता मुद्धाहरूदर्ता भए पनि अख्तियारले पनिगुपचुप राख्यो । वास्तविक भ्रष्टाचारीको खोजतलासमा धेरै कुख्यात राजनीतिकभिलेनहरूपर्नेछन् जो अहिले पनि मन्त्रीपरिषद्मा होलान् भने धेरै विभिन्नपहु“चमा छन् । कतिको बारेमा सर्वोच्च, अख्तियारलगायतमा परेका रिटहरूको सुनुवाइनैनभई त्याही धमिरा लागेको छ । यसर्थमा खुमबहादुरले सर्वोच्चको आदेशलाई

स्वीकार गरी सजाय भोगी, पुनः जनताको माझमा जसरी गएका छन् त्यसले उनलाईजनताको अदालतबाट सफाई पाउने काम गरेका छन् । जुन तरिकाले खुमबहादुर आमसर्वसाधारणको बीचमा आउने हिम्मत गरेका छन् त्यो निकै सह्रानीय छ । यसले उनबाटनेपाली जनताले विशेष भूमिका चाहेका छन् भन्ने खड्काले बोध गरेका छन् भन्नेपनि देखाउ“छ ।तर यतिबेला देशको राजनीति जुन मोडमा उभिएको छ, त्यसमा उनले ठूलोदायित्त्वबोध आ“ट साहस गर्नसक्नु पर्ने विश्लेषकहरूको भनाइ रहेको छ । हिजोकादिनदेखि हिन्दूराष्ट्रको मुद्धामा अडिग रह“दै आएको राप्रपा नेपाल तथा कमल थापा,अन्य शक्तिका नेतृत्त्वप“क्ति सबैले यतिबेला आ–आफ्नो दायित्त्वबोध गरेरसंघर्षको मैदानमा आउने आ“ट र साहस गरेर उत्रिनुपर्ने स्थिति सृजना भएको नेपालीनागरिकले महसूस गरेका छन् । भने यतिबेला हिन्दूराष्ट्रको पक्षधर जो संविधानसभामारहेका पनि छन् उनीहरूले कतिसम्म कठोर भूमिका निर्वाह गर्ने त्यो पनि बेलैमा विवेकगर्नसक्नुपर्ने देखिन्छ । अबको स्थिति भनेको उनीहरूको अग्नि परीक्षाको घडि पनिऐलेसम्म जे जसरी हिन्दू धर्मलाई राष्ट्रको धर्म बनाउन भनेर जतिपनि संघसंस्था

आदिले संघर्षका गतिविधि गरे त्यो आफ्नो ठाउ“मा सह्रानिय रहेको पाईएको छ ।अब पनि नेपाललाई विश्वकै हिन्दूहरूको गन्तव्यको राष्ट्रकै रूपमा कायम राख्नकोलागि जस्तोसुकै संघर्ष गर्नपरेपनि जनता सडकमा आउन चाहन्छन् त्यसको लागि

नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राख्ने राष्ट्रवादी मुद्धाको संघर्षमाहिम्मतपूर्वक लिडिङ्ग गर्ने साहसी नेता खोजिरहेका छन् । साथै हिजोका दिनमाअबुझवश धर्मनिरपेक्षता घोषणा हु“दा मौन रहेका तर पछि आएर सो कार्यलाई गल्तिमहसूस गरेका र अब नेपाललाई हिन्दू राष्ट्रकै रूपमा संविधानमा संबोधन गर्नचाहने राजनीतिक शक्तिले पनि सडकबाट व्यवस्थित आन्दोलनको कार्यक्रम सम्पादनहोस भन्ने चाहन्छन् ताकि आफूहरूलाई सदनमा आवाज उठाउन सहज होस् ।

प्रतिक्रिया