गत बुधबार देखि ड्यालसमा रहेका नेपालीहरु शोकमा डुबेका छन्। सिंगो नेपाली समाज माथी बज्रपात परेको छ। एउटा अकल्पनीय घटनाले रसाएका आखाहरू हिजो त क्रन्दन मै परिणत भए। कसैको मन थामिएन। एउटा निकै दुखद समय। गत बुधबार एक लुटेराले आफैले संचालन गर्दै आएको कोलोनीमा रहेको Convenience Store मा दिउसो लगभग ११:०० बजे बन्दुक प्रहार गरि हत्या गरिएकी डेन्टन निबासी एक नौ महिना तथा अर्की २ बर्षे छोरीहरु की आमा, ३१ वर्षीय समीरा शिवाकोटी को अन्त्येष्टि तथा भाव पूर्ण बिदाई को समय थियो यो।
यस दुखद घडीमा मृत आत्माको चीर शान्तीको कामना गर्न झन्डै ५०० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो। ड्यालसको Huge Crown Funeral Home मा शबलाई अन्तिम दर्शनको लागि २ घण्टा राखेर Lewisville Cremation सेन्टर हिन्दु बैदिक परम्परा अनुसार बैदिक मन्त्रोच्चारण गरि दाहा-संस्कार गरिएको थियो।
सम्पूर्ण नेपाली समाजले यतिखेर सम्पूर्ण शोक-शन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भन्ने कामना गरेको छ। यो असामान्य घटनाको सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नु पर्ने तथा सिवाकोटी परिवारको हरपल साथमा रहदै हत्याराको पहिचान गरि कडा भन्दा कडा सजायको मागको निमित्त समेत नेपाली समाज टेक्सास, एनआरएन टेक्सास च्याप्टर प्रयत्नरत रहेको जनाइएको छ।
प्रतिक्रिया