समाजसेवीद्वारा पच्चीस लाखको धर्मशाला निर्माण

इनेप्लिज २०७२ असार १ गते ३:४८ मा प्रकाशित

ilam_nepal_mapइलाम, १ असार । इलाम बरबोटे–७ निवासी समाजसेवी मनबहादुर गुरुङले आफ्ना स्वर्गीय पिताको सम्झनामा इलाम नगरपालिका नारायणस्थान परिसरमा धर्मशाला निर्माण गरिदिनुभएको छ ।

पिता रणवीर गुरुङबाट विसं १९९१ मा सोही स्थानमा बनाएको धर्मशाला जीर्ण बनेपछि मनबहादुरले रु २५ लाखको लागतमा भूकम्प प्रतिरोधी दुई तले धर्मशाला निर्माण गरिदिनुभएको हो ।

नवनिर्मित धर्मशाला सोमबार एक कार्यक्रम गरी स्थानीय विकास अधिकारी मदन कोइरालाले उद्घाटन गर्नुभयो । समाजसेवी गुरुङले नवनिर्मित धर्मशाला नारायणस्थान धार्मिक विकास समितिका अध्यक्ष गणेश राईलाई हस्तान्तरण गर्नुभयो ।

उक्त धर्मशालामा एउटा हलसहित दुई कोठा रहेका छन् । स्वर्गीय गुरुङले जोगमाइ खोलामा माइबेनी पुल, पुवाखोलामा समेत पुल निर्माणलगायत थुप्रै समाजसेवासम्बन्धी काम गर्नुभएको थियो ।

मनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा रणवीर गुरुङका नाति नरेन्द्र गुरुङ, नगरपालिकाका पूर्व प्रमुख महेश बस्नेत, पत्रकार महासङ्घका पूर्व अध्यक्ष सटेन्द्र जवेगु, समितिका अध्यक्ष गणेश राई, नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले स्वर्गीय गुरुङको योगदानबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया