अठासी जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

इनेप्लिज २०७२ असार १ गते २:२६ मा प्रकाशित

300px-Kailali_district_locationलम्की (कैलाली), १ असार । कैलालीको लम्कीचुहा नगरपालिकामा गठित नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिले ८८ जना बालबालिकालाई सोमबार शैक्षिक सामग्री वितरण गरेको छ ।

नगरपालिकाभित्र रहेका विभिन्न २२ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई एक कार्यक्रमको आयोजना गरी स्केल, ड्रेस, झोला, कापी, डटपेन वितरण गरेको हो ।

निम्न आयस्तर भएका तथा जोखिममा परेका कक्षा १ देखि ८ सम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको समितिका सचिव रङ्गप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँले १२ विद्यालयका ४८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिने बताउनुभयो ।

प्रतिक्रिया