Press release N-24-013-15. 10 June
संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरुवीच भएको सभझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ ।देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण,पुनस्र्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै
राजनीतिक दलहरुले देखाएको अभूतपूर्व एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीयनेपालीहरुमा आशाको संचार गराएको छ ।राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संबिधान पाउने र
मुलुकमा राजनीतिक स्थीरता कायम भई पुनःनिर्माण र आर्थिक सम्बृद्धिको मार्गमा अघि बढ्नेहामीले विश्वास लिएका छौं ।
यो सँगै मूख्य राजनीतिक दलहरुवीच भएको सहमति अनुसार नयाँ संबिधानमा गैरआवासीयनेपालीहरुले नागरिकता पाउने बिषयको समेत सम्बोधन हुने बिश्वासका कारण हामी थप उत्साहितखुसी भएका छौं । मातृभूमीलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेकामनकारी गैरआवासीय नेपालीहरुलाई यसले थप उत्साह र हौसला प्रदान गर्ने छ ।
संबिधान निर्माण र स्थायित्वसँगै गैरआवासीय नेपाली संघ मुलुकको आर्थिक सम्बृद्धि र पुनःनिर्माणमा साझेदार बनेर योगदान गर्न तप्पर छ । नेपालमा सीप, ज्ञान र पूँजी भित्राएरमुलुकलाई सम्बृद्ध बनाउने हाम्रो अभियानलाई अझै उचाईमा पुर्याउने प्रतिबद्धता जनाउँछौं ।
शेष घले
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ ।
मिति ः २०७२ जेठ २७
प्रतिक्रिया