टिपरको ठक्करबाट बालकको मृत्यु

इनेप्लिज २०७२ जेठ ३२ गते ११:०० मा प्रकाशित

accident-signपाँचथर, ३२ जेठ । बिरुवा सपना सिंह ब्रदर्स कन्सट्रक्सन प्रालिको कम्पनीको टिपरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नाँगी–१ का स्थानीय धनेन्द्र तामाङका १४ वर्षीय छोरा सङ्गमको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने चालक फरार रहेकाले उनको खोजी भइरहेको स्थानीय नेत्र कोइरालाले जानकारी दिनुभयो । थर्पु उच्च माविमा कक्षा ९ मा अध्ययनरत तामाङ विद्यालय जाँदै थिए ।

प्रतिक्रिया