आफैंले चलाएको गाडीले किच्दा सहचालकको मृत्यु

इनेप्लिज २०७२ जेठ ३२ गते ६:४९ मा प्रकाशित

accident-signवीरगन्ज (पर्सा), ३२ जेठ । वीरगन्जमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्डमा चल्ने सवारी साधन सिटी साइडका एक जना सहचालकको ज्यान गएको हो । ना३ख १४४२ नम्बरको सिटी साइडका बाराको जीतपुर निवासी नितेशकुमारको बिहान घन्टाघर स्थित सिटी साइड पार्कमा मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त गाडीका सहचालक रहेका नितेश आफैंले गाडी चलाएर ल्याउँने क्रममा गाडीबाट खसेर सोही गाडीले किच्दा उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सवारी चलाउन पोख्त नभएका उनी जबर्जस्ती गाडी चलाउँदा र एकैचोटी गाडी तीव्र गतिमा चलेका कारण दुर्घटना भएको स्थानीयको भनाइ छ । उनको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।

प्रतिक्रिया