अमेरिका नेपाल सहयोगी समाजले राजदुताबासलाई ३२ लाखको चेक दियो

इनेप्लिज २०७२ जेठ ३२ गते ०:२४ मा प्रकाशित

IMG_0157डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनासस शहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ l

र उक्त सम्मान तथा नया कार्यकारी समितिको चयन समेत घोषणा गरिएको कार्यक्रममा भुकम्प पिडितहरुका लागि उक्त संस्थाको पहलमा विभिन्न संघ /संस्था तथा व्यक्तिहरुद्वारा उठाइएको अर्थ संकलन ७२ हजार ७ सय ७६ डलर मध्ये बाकि रहेको ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया )वाशिंगटन डिसी दुताबासलाई चेक हस्तान्तरण गरेको छ l

उक्त चेक दुताबासका मिनिस्टर / उप नियोग प्रमुख ऋषि राम घिमिरेलाई संस्थाका अध्यक्ष सागर कंडेल तथा संस्थापक सदस्य मधु पन्थीले सयुक्त रुपमा मनासस क्षेत्रका लागि डेलिगेट बब मार्सलको उपस्थितिमा चेक प्रदान गरियो l

IMG_0133उक्त कार्यक्रममा डा अनुप पहाडीले नेपालका भूकम्प पिडितहरुको लागि अतुलनीय काम गरि अमेरिका फर्केका संस्थाका स्वयम् सेवक तथा फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूहलाई प्रशंसा गरेका थिए l

सम्मान कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका केहि पदाधिकारी ,एनआरएन अमेरिकाका केहि वर्तमान पदाधिकारी , फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूह तथा अन्य केहीलाई सम्मान गरि प्रमाण पत्र वितरण गरिएको थियो l

उक्त सम्मान कार्यक्रममा बिदेशी तथा भर्जिनियाका डेलीगेट तथा कांग्रेस म्यानलाई पनि नेपाली ढाका टोपी लगाई सम्मान गरिएको थियो भने नेपाल पुगी अमेरिका फर्केका फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूहका केहि सदस्यले नेपालमा २१ दिन सम्म बस्दाको अनुभव सुनाएका थिए l

IMG_0088

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले अमेरिका नेपाल सहयोगी समाजले भुकम्प पिडितहरुका लागि गरेको कामको प्रसंसा गर्दै नेपाल पुनर्निर्माण गर्नु पर्ने भएकोले सबै एक जुट हुन् आब्हान गरे l

यसै गरि नेपाली दुताबासका मिनिस्टर / उप नियोग प्रमुख ऋषि राम घिमिरेले चेक बुझ्दै नेपाल सरकार तथा दुताबासको तर्फ बाट संस्थालाई धन्यबाद दिएका थिए l उक्त समारोहमा अमेरिका तथा नेपालको कुटनैतिक सम्बन्ध १९४७ देखि भए देखि दुई देश बीच अझ प्रगाढ सम्बन्ध बन्दै गएको चर्चा गरेका थिए l डेलिगेट बब मार्सल तथा कांग्रेस म्यान रब विटम्यानले हामी तपाईहरुको साथ छौ र हाम्रो समर्थन रहने प्रतिबद्धता जाहेर गरेका थिए l सम्मान गर्ने क्रममा नेपाली समुदायका ९४ बर्षिय जेष्ठ नागरिक उदय राज वस्ताकोटीले दुवै लाई नेपाली ढाका टोपी लगाई सम्मान गरेका थिए l

manasas 007अध्यक्षता गरेका सागर कंडेलले नया समितिलाई शुभकामना दिदै संस्थाले खेलेको भूमिका बारे चर्चा गरेका थिए l आफु स्वयम् नेपाल गई भूकम्पको त्यो अवस्था आफुले देखेकोले त्यसको कल्पना समेत गर्न सकिदैन भने l नव निर्वाचित अध्यक्ष पदम राज रेग्मीले मन्तब्य राख्ने क्रममा नेपालको भूकम्पमा भूकम्प पिडित एक बृद्ध महिलाले उनलाई भनेको शब्दले अझ पनि कान गुन्जिन्छ भन्दै भावुक हुदै बोल्ती बन्द भएको थियो l

उक्त कार्यक्रममा डिसी नेपाली समाजका उपाध्यक्ष दधि ढुंगानाले अमेरिका नेपाल सहयोगी समाज संग कसरी हातेमालो भै काम गरेको चर्चा गर्दै भबिश्यमा पनि साथमा साथ मिलेर काम गर्न तयार रहेको बताए l

IMG_0174

IMG_0096

IMG_0187

प्रतिक्रिया