दूर संबाद पद्धति (टेलीकन्फेरेन्स ) द्वारा कविता वाचन सम्पन्न

इनेप्लिज २०७२ जेठ ३१ गते १४:५० मा प्रकाशित

Conference_Call

खसखस डट कमको आयोजनामा पहिलो पटक दूर संबाद पद्धति(टेलिकन्फरेन्स)को माध्यमबाट गत जून १३, २०१५ का दिन भूकम्प सम्बन्धी विशेष कविता वाचन कार्यक्रम सम्पन्न भयो | अमेरिकी पूर्वी समय राती ठिक ९.१५ मा आरम्भ भएको सो कविता वाचन् कार्यक्रममा क्रमशः कल्पना सुवेदी-भर्जिनिया; मानकाजी श्रेष्ठ- क्यानाडा; होमनाथ सुवेदी-भर्जिनिया; ज्ञानेन्द्र गदाल- कोलोराडो; प्रमोद अमात्य तथा निरन्जन वाग्ले- क्यालिफोर्निया; मिना शाक्य- फ्लोरिडा; रामचन्द्र भट्टराई- भर्जिनिया; निरा शर्मा-भर्जिनिया; परशु तिम्सिना- भर्जिनिया; हरी घिमिरे- भर्जिनिया; सुशील ताम्राकार- एरिजोना तथा बासु श्रेष्ठ, भर्जिनियाले आआफ्ना कविता वाचन गरेका थिए |

यस प्रकारको पहिलो विशेष कार्यक्रम अमेरिका र क्यानाडाकोलागी मात्र व्यवस्था गरिएको तथा कार्यक्रम लोकप्रियताको आधारमा बेलायत, बेल्जियम, इजराएल तथा अन्य देशमा पनि गरिने योजना रहेको छ |

वाचन गरिएका कविताहरुमा छानिएका कविताहरुको सङ्ग्रह खसखस डट कमबाट प्रकाशित गरिने योजनापनि रहेको छ |सहभागी सबैले यस प्रकारको नौलो कार्यक्रममा सहभागी हुन् पाएकोमा खुशी व्यक्त गर्दै कविता वाचन गरेका थिए भने आयोजकका तर्फबाट बासु श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए |

प्रतिक्रिया