लोक गायक प्रजापति र लोक गायिकमा उमाले दर्शकहरुलाई छमछम्ती नचाए “ लाग्यौ देश भक्तिमा शोक बदलौ शक्तिमा”

इनेप्लिज २०७२ जेठ ३१ गते ११:३० मा प्रकाशित

चितवन (चित्रवन), ३१ जेठ । पश्चिम चितवनको चित्रवन नगरपालिकामा रहेको रहेको रानीपोखरी परिसरमा लोक गायक प्रजापति पराजुली र लोक गायिकमा उमा गिरीले दर्शकहरुलाई छमछम्ती नचाए ।
ऐतिहासीक महत्व बोकेको रानी पोखरी संरक्षण समितिले ललिकला प्रतिष्ठानको प्रस्तर मूर्ति रचना कार्यशालामा बनाईएका मूर्तीको अनावरण एवं सास्कृतिक कार्यक्रमका लागि उनीहरु चितवन आएका थिए
लोक भजन चुड्का ख्याती प्राप्त १० दर्शन बढी गितहरु गाईसकेका गायक पराजुलीले दोश्रो पटक पश्चिम चितवनका दर्शकहरु सामु उपस्थित भएका थिए । सधै लोक भजन गाउने प्रजापतिले भुकम्पको त्रासबाट मुक्त रहन आग्रह गर्दै स्थानियहरु भने ।
“जति कुरा हामीलाई थाहा छ,
विश्वलाई नै थाहा छ ।
हाम्रो देशमा भुकम्पले ठुलो क्षति भा छ,
शोक बदलौ शक्तिमा ।
लाग्यौ देश भक्तिमा शोक बदलौ शक्तिमा”

बुढापाक यूवा तन्नेरीका ढुक ढुकी लोक गायक पराजुली यस पटक भने अलि फरक गित गाएर सबैलाई हसाउदै दर्शकहरुलाई उफ्री उफ्री नाच्न बाध्य बनाएका थिए । फेरि अर्को टुक्का जोडे ।
“एक मानेमा के छ, के छ, दुई मानेमा दहि छ,
भुकम्पले अल्का घर भत्काई दिदोरहेछ ।
बनाऊ घर एक तले,
अहिले भुकम्पले अल्का घर सबका ढले ,
बनाऊ घर एक तले ।”
उनलाई स्टेजबाट सजिलै उम्कन दिएनन् । उनका गितका टुक्काहरु निकाल्दै तिनै गितहरु गाउन बाध्य बनाए । उनको प्रस्तुतिले पनि दर्शकहरुलाई तताएको थियो । स्टेजमा उनि नाच्दै गित गाउदै थिए भने दर्शकहरु वरीपरीका कुर्सीहरु हटाई नाच्दै थिए । उनले ८ वटा गितहरु गाए ।
यस्तै पश्चिमको पर्यटकीय स्थल रानीपोखरीमा पहिलो पटक पुगेकी लोक गायिका उमा गिरी पनि के कम उनले “एउटा केटो पाम” भन्दै सबै युवालाई लड् बनाएकी थिईन् ।
उनको सुरिलो स्वरमात्र सुनेका दर्शकहरु प्रत्यक्ष स्टेजमा नै भेट्दा दर्शकहरु स्टेजमा झम्टनै पुग्दथे ।
उनले पनि भुकम्पको पिडा भुलाउन आउदो तिजमा निकाल्न लागेको यस्तो गित गायकी थिईन् ।
“आफ्नै घर भित्र बस्न पनि डर
ठुला ठुला घर बनाए भुकम्पले लैजान्छ ।
मयालु मलाई पाउने भए बनाउ है, भुकम्प प्रतिरोधी एक तले घर”
तिजका गित गाएर चर्चाका शिखरमा पुगेकी गिरीले ७ वटा प्रस्तुती पस्केकि थिईन् । उनलाई दर्शकहरुले विच बिचमा नाचेर गितका टुक्काहरु निकाल्दै साथ दिएका थिए । आफ्नो प्रस्तुतिको बिच बिचमा उनका गितहरुको रेकर्डका रमाईला प्रसंगले कार्यक्रमलाई अझै रोमाञ्चक बनेको थियो ।
स्थानिय गायिका पार्वती पुनको सदावार गितको प्रस्तुतिले दर्शकहरुलाई मन्द्रमुक्त बनाएको थियो ।
दर्शकहरुको फितलो उपस्थितिले कार्यक्रमको केही रौनकता हराएको जस्तो लागेता पनि पराजुली र गिरीको प्रस्तुतीले उपस्थित सम्पूर्ण दर्शकहरुलाई नचाएरै छाडे ।

प्रतिक्रिया