सिन्धुपाल्चोकको शिखरपुरमा झापाका विद्यार्थीद्वारा झुल वितरण

इनेप्लिज २०७२ जेठ ३१ गते २:०३ मा प्रकाशित

jhulमेलम्ची, ३१ जेठ । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्र शिखरपुर गाविस वडा नं ४ र ५ का भूकम्पपीडितलाई झुल वितरण गरिएको छ ।

सेन्ट जेभियर्स स्कुल देवनिया गरामनी–४ झापाका अध्ययनरत र पूर्व विद्यार्थीले संयुक्तरुपमा सहयोग रकम सङ्कलन गरी ८०० थान झुल वितरण गरेका हुन् ।

करिब रु एक लाख ५० हजार रुपैयाका झुल वितरण कार्यक्रममा विपदमा परेका भूकम्पपीडित दाजुभाइ दिदीबहिनीलाई सानो भौतिक सहयोगले पहाड र तराईबीचको आत्मीय भावना बढाउनु र एक आपसमा नेपालीलाई परेको अप्ठयारोमा मद्दत गर्नु नै नेपालीपन भएको विद्यालयका प्रधानाध्यापक म्याथ्यु दासले बताउनुभयो ।

प्रतिक्रिया