गुचिवाङका भूकम्पपीडितलाई जुटपानी चौरमा राखिने

इनेप्लिज २०७२ जेठ ३१ गते १:५९ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), ३१ जेठ । चितवनको काउले–९ गुचिवाङका २४ घर भूकम्प पीडितलाई जुटपानी स्कुलको चौरमा राखिने भएको छ ।

शक्तिखोरको कालिका मन्दिरसँगै रहेको खुला जमिनमा राख्ने यसअघिको जिल्ला विपद व्यवस्थापन समितिको निर्णयमा विवाद भएपछि अहिलेसम्म स्थान तय हुन सकेको थिएन ।

स्थानीय राजनीतिक दल, विपद व्यवस्थापन समितिबीच भएको छलफलले जुटपानी स्कुलको चौरमा भूकम्प पीडितहरूलाई राख्ने निर्णय भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुईटेलले शनिवार जानकारी दिनुभयो ।

विकट काउलेको गुचिवाङको जमिननै फाटेको र अत्यन्त जोखिम क्षेत्र बनेकाले उनीहरूलाई स्थानान्तरण गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिले गरेको थियो ।

सुरुमा शक्तिखोरको कालिका मन्दिर नजिकै राख्ने निर्णय भएपछि पीडितहरू घर बनाउन आएपनि सो स्थानको विवादका कारण त्यसै फर्किन बाध्य भएका थिए ।

प्रतिक्रिया