कृषि विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने

इनेप्लिज २०७२ जेठ ३० गते १५:३७ मा प्रकाशित

d450198774f2e617b25a1310455f711aकाठमाडौं, ३० जेठ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ को मुनाफाबाट आफ्ना साधरण सेयरधनीलाई सात प्रतिशत बोनस सेयर र ८ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको आज यहाँ सम्पन्न आठौँ वार्षिक साधरणसभाले उक्त निर्णय गरेको हो । उक्त निर्णयबाट बैंकका दुई लाख १० हजारभन्दा बढी सेयरधनी लाभान्वित भएका छन् ।

त्यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा समेत ६ प्रतिशत नगद लाभांश दिने निर्णय भएको उक्त बैंकले जनाएको छ ।

प्रतिक्रिया