अन्तरबार्ता सुधांशु जोशी मोडेल, निर्माता

इनेप्लिज २०७२ जेठ ३० गते ११:०७ मा प्रकाशित

बहुआयामिक प्रतिभाका धनी मानिन्छन नायक सुधांशु जोशी । मोडेल, निर्माता हुँदै जमेको कलाकार सम्मको परिचय बनाइसकेका यि नायकले आफुलार्इृ कसैको यादमा भन्ने बोलको गीत गाएर गायकका रुपमा पनि सार्वजनिक गरे पछि उनको बहु आयामका क्षेत्रमा जम्न सक्ने खुबीलाई धेरैले खुलेरै तारिफ गर्न थालेका छन् । त्यति मात्रै कहाँ हो र ! रुचि भन्दा फरक पेशा ‘सफ्टवेयर डेबलपर’ उनी यि भिन्न पाटामा जम्नु आफैमा चुनौती नै चुनौतीले भरीएको छ । जसलाई उनले सोख मात्र नभई कला देखाउने पवित्र माध्यमका रुपमा हेर्दै आएका छन् ।

विगत १ दशक भन्दा बढी समयदेखि अमेरिकाको भर्जिनियामा बसेर सफ्टवेयर डेबलपरको काम गर्दै आएका जोशीले विदेशमा बसेर पनि नेपाली कलाकारीतालाई उजागर गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि प्रस्तुत गरेका छन् गायनमा डेब्यु गरेर । अवतार, सिमा रेखा, हत्या, विशालु लगायतका दर्जन बढी चलचित्रमा अभिनय गरेका सुधांशुले गाएको कसैको यादमा गीतको भिडियो समेत हालै सार्वजनिक गरिएको छ । विदेशी पैसा खर्च गरेर स्वदेशी गानामा मन डुबाएका नायक देखि गायक सम्म बन्ने सुर कसेका सुधांशुले गीतकार सन्दीप डंगोल, जेम्स प्रधान, नबिन के भट्राई लगायतका साथीहरुको संगत र प्रेरणाले पनि आफु गीत गाउन हौसिएको बताए ।

सन्दिप डंगोलका शब्द तथा संगीत रहेको गीतमा जेम्स प्रधान र देव कुमार श्रेष्ठको संयुक्त निर्देशन रहेको छ । सुधांशुको भिडियोमा प्रधान नै छाँयाकारका रुपमा देखिएका छन् । जेसिका प्रधानले सम्पादन गरेको भिडियोमा सुधांशुलाई मोडेल सोनाम हौकले साथ दिएकी छिन् । सामाजिक क्षेत्रमा पनि आफु काम गर्न थप हौसिएको बताउने सुधांशुले छिट्टै नै नयाँ चलचित्रमा काम गर्ने तयारी गरेको रहस्य खोले । जसको निर्देशन जेम्स प्रधानले गर्ने उनले बताए ।

यिनै सुधांशु जोशी संग लिएको यो अन्तरबार्ता

प्रतिक्रिया