पुल भाँचिदा यातायात सेवा अवरुद्ध

इनेप्लिज २०७२ जेठ ३० गते ५:४७ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), ३० जेठ । दक्षिण चितवनको माडी नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जाने सडकको पुल भाँचिएको छ ।

गिटी बालुवा बोकेको ना १ क ३४९५ टिपर गइरहेका बेला पुल भाँचिएर टिपर नै अड्किएको छ । शुक्रबार अपराह्न पुल भाँचिएपछि अहिले उक्त सडकखण्ड अवरुद्ध भएको छ ।

पुल भाँचिदा टिपर चालक दिपक ठकुरी, स्थानीय मदन पौडेल तथा अर्का नाम नखुलेका एक जना घाइते भएको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

माडीको लक्ष्मुनिया गाउँमा रहेको १४ वर्ष पुरानो पुलमाथिबाट क्षमताभन्दा बढी लोडसहितका टिपरले गाब्रेलिङ ओसारपसार गरेपछि पुल भाँचिएको हो ।

निर्माणाधीन कृषि सडकमा ग्राबेलिङ गर्न सडक निर्माण उपभोक्ता समितिले काम गरिरहेको कृषि सडक निर्माणका लागि ग्राबेल ओसारपसार गर्ने क्रममा पुल भाँचिएको स्थानीयवासीले बताएका छन् ।

विसं २०५८ मा रु तीन लाखमा निर्माण भएको सो पुलको लम्बाई १५ मिटर तथा चौडाई ५ मिटरको रहेको थियो ।

बाह्र टन बराबरको क्षमता रहेको सो पुलमा अत्याधिक लोडसहितका टिपर चलाउनु नै पुल भाचिँनुको कारण भएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया